गोलबजार उद्योग व्यापार संघका चूनावी सरगर्मी गोलबजारको व्यापारमा युवा नेतृत्वको आवश्यक : भरत अग्रवाल

  • प्रकाशित मितिः मंसिर 15, 2075
  • रोयाण्टर मण्डल
  • 283 पटक पढिएको

राम भरोषी यादव
सिरहा / गोलबजार व्यापार संघका अध्यक्षको प्रत्यासी उम्मेदवार अहिले गोलबजार उद्योग व्यापार संघका चूनावी सरगर्मी बढ्दै गएको छ । व्यापारीहरुले चुनाबी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएकाका छन् भने उनीहरुले आ–आफ्नो पक्षलाइ जिताउन लागी परेका छन् भने केहि व्यापारीहरु यो एउटा गैर राजनैतीक क्षेत्रमा राजनीती गर्न खोजीएको भन्दै दुःख ब्यक्त गरिरहेका छन । जित कसको पोल्टामा पर्ने भन्ने बिषयमा आ–आफ्ना मत–मतान्तर सुरु भएको छ । त्यसमा पनि युवा प्रतिनिधीको बिषय थप पेचिलो बन्दै गएको छ । हरेक व्यापारी तथा व्यवसायीकोमा पुगेर व्यापारीका समस्या लाई बुझ्दै त्यसको समाधान हामी गछौ भनेर, समस्या समाधानका गर्ने प्रतिबद्धताका साथ गोलबजारका व्यपारीहरु अगाडि बढिरहेका छन ।

उनले भने “यहाँ कुनै राजनितिक विचार धारा भएको व्यक्तिहरु रहन हुन्न भन्ने हैन तर यस संस्था भित्र चाहि राजनीती हुनु हुदैन, र हामीले कसैलाई जिताउनु छ भने राजनितिकर्मीलाई हैन एक असल व्यपारी लाई जिताउनु पर्छ, म एक युवा व्यपारी हु, म युवालाई रोजगार हैन स्वरोजगार बनाउनु पर्छ भन्ने विचार लिएर हिडेको छु । भोट दिदा कस्ले काम गर्न सक्छ र पछि व्यपारिका लागि आइपर्ने समस्याका समधानलाई निवारण गर्छ कि गदैन त्यसै अनुरुप भोट दिने हो, उद्योग व्यपार संघ भनेको उद्योगी व्यपारीहरुको साझा संस्था हो ।

युवाको लागि तालिम गोष्ठिको आयोजना गर्ने र व्यवसायको माध्यम बाट मात्र समाज र देशको बिकास सम्भव छ भन्ने विचार युवा माझ पु¥याउदै नयाँ सिप सिकाउने र रचनात्मक कममा युवा लाइ आकर्षित गर्नु पर्ने उम्मेदवारलाई चयन गर्नु पर्ने आबश्यक्ता देखिन्छ । उनले अगाडी थपे “खास गरेर युवामा देखिने समस्या भनेको विना लगानि नाफा तर्पm आकर्सित हुने र अवसर नदेख्ने रोग हो, अब हामीले अवसर देखाउनै पर्छ, स्पष्ट उद्योग निति, लगानिको वातावरण नहुनाले पनि समस्या हो । व्यापार गर्ने समय र बिमा सम्बन्धि ऐजेन्डा भएमा यहाँ उद्योग फस्टाउने स्पस्ट आधार छ ।”


सवैलाई समेटेर अगाडी बढ्न सक्ने क्षमता भएका उम्मेदबारले व्यवसायीहरुको साथ रहने भएकोले त्यस्ता व्यापारी नेताको आबश्यक्ता रहेको छ । यसअघिका व्यापार समिति समय सापेक्ष तथा व्यवस्थित हुन नसकेको भन्दै अव नयाँ पूस्ताले त्यसको नेतृत्व लिनु पर्ने देखिएको छन् । व्यवसायीहरुले युवाहरुमा आफ्नो व्यवसायलाई व्यवस्थित बनाउने योजना र जागर पनि भएकोले युवा नेतृत्वलाई स्थापित गर्नु पर्ने मनस्थितिमा पुगेको युवा व्यवसायीहरुको मत रहेको छ । हामीले हाम्रो व्यवसायलाई मर्या्दित, व्यवस्थित बनाउँदै उपभोक्तालाई पनि मर्कामा पार्नु नहुने आबश्यक्ता रहेको छ । सवैभन्दा पहिला उपभोक्ता र व्यवसायको सम्वन्ध राम्रो पार्न व्यसायलाई मर्या्दित बनाउनु पर्ने हुन्छ । यस सँगै व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक विकासको दायित्व पनि वहन गर्नु पर्ने हुन्छ ।

विकासे संस्थाहरुसँग साझेदार गरी व्यवसायिक क्षेत्रमा विकास निर्माणको काममा पनि हात बढाउने आबश्यक्ता रहेको छ । अवको दिनमा युवाहरुले नै व्यवसायलाई मर्या्दित र व्यवस्थित गर्न सक्छ भनेर नै युवाहरुको साथमा अगाडी बढ्न चाहने युबाहरुको यहाँ जमात रहेको छ । चुनाबी मैदानमा आउने उम्मेदबारहरुलाई अध्ययन गरि ब्यापारीहरुका हकहितमा काम गर्ने उम्मेदबारलाई छनोट गर्नु पर्ने देखिन्छ ।

व्यापारीहरुको विशुद्ध संस्थाको रुपमा रहेको गोलबजार उद्योग वाणिज्य सँघमा कम्युनिष्ट र काँग्रेसले राजनीतिक चलखेल गरिरहेको अवस्थामा म स्वतन्त्र उम्मेवारी दिने तयारी गरेको छु । उनले भने “यहांका अधिकाँश व्यापारी स्वतन्त्र रुपमा व्यापार गरिरहेका छन् ।’ ‘राजनीतिक रँग दिएर व्यापार सम्भव नरहेकोले उनीहरुको हकहीतको लागि मेरो उम्मेदवारी हो ।” उनले अगाडी भने “मेरो पक्षका व्यापारीलाई निरुत्साहित गर्नका लागि केहि ब्यक्तिले हल्ला फैलाएको छ । यस्ता मिथ्या भ्रममा नपर्न आग्रह छ । म सबैलाई आग्रह गर्न चाहन्छु मेरो उम्मेदवारी कुनै पनि हालतमा हट्दैन । म कसैसंग कुनै सम्झौता गरेका छैन ।’ किनकी ‘यहाँका व्यापारीले मलाई उद्योग वाणिज्यको अध्यक्षको उम्मेदवारी तय गरिसकेका छन् । म व्यापारीको विरोधमा जान नसकिने प्रतिबद्धता गर्न चाहन्छु ।”

कुल २ हजार भन्दा बढी सदस्य रहेको गोलबजार ब्यापार संघको चुनावका लागि उम्मेदबारी दर्ता मंसिर १६ गते र मतदान २१ गते गर्ने कार्यकातालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६