समृद्ध प्रदेशका लागि सकारात्मक भूमिका आवश्यक : मुख्यमन्त्री राउत सपना साकार हुन नसक्ने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने

  • प्रकाशित मितिः मंसिर 14, 2075
  • 60 पटक पढिएको

धनुषा, १४ मङ्सिर (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश निर्माणका लागि सकारात्मक रुपमा आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । 
प्रदेश नं २ को जनकपुरमा ‘रातोपाटी डटकम’ प्रदेश कार्यालयको आज उद्घाटन गर्दै उहाँले कुनै एक पक्षको प्रचारप्रसार गरेर मात्र समृद्ध प्रदेशको सपना साकार हुन नसक्ने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सत्य, तथ्य, निष्पक्ष र सकारात्मक समाचार लेख्न उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । “तपाईहरुको कलमले सत्यलाई असत्य र असत्यलाई पनि सत्य बनाउन सक्दछ, यसको सही सदुपयोग गर्नुहोस्,” मुख्यमन्त्री राउतले भन्नुभयो । रातोपाटीका संस्थापक ओम शर्माले रातोपाटी हरेक प्रदेशको विकास, उन्नति, प्रगति र समृद्धिका लागि एक कदम अगाडि रहेर अघि बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६