घरघरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेपछि वृद्धवृद्धाहरु खुशी एका विहानै वृद्धवृद्धाहरुको घर घरमै पुगि वितरण

  • प्रकाशित मितिः मंसिर 14, 2075
  • रोयाण्टर मण्डल
  • 199 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा (सुखीपुर) / सिरहाको सुखीपुर नगरपालिकाका वडा सचिवहरु घर घरमै पुगी समाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ ।
जनतालाई गाउँ गाउँमा सिंहदरबार पुगेको अनुभूति दिलाउनका लागि वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गरेको हो । आज देखि सुखपिुर नगरपालिका ८ नम्बर वडाले घरघरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।


सुखीपुर नगरपालिका ८ का वडा सचिव रामनाथ मण्डलले चालु आर्थिक वर्ष २०७५/०७६ को चौमासिकको भत्ता वितरण गर्न एका विहानै वृद्धवृद्धाहरुको घर घरमै पुगि वितरण गरेपछि वृद्धवृद्धाहरु खुशीभएको मधेश स्पेशललाई सुनाउनुभयो ।


बैंकसगं सहकार्य हुदैछन् । कर्मचारी अभावका कारण समयमा भत्ता वितरण गर्न नसकिएको र बैंकसगँ सहकार्य भएपछि समाजिक सुरक्षा भत्ता आफुले चाहेको बखत आफनो भत्ता लिन पाउने छन् । अहिले कार्मचारीकै रोहबरमा नगदै समाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले बताउनुभयो । सो वडामा जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित बालबालिकाहरुलाई समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँमै समाजिक सुरक्षा भत्ता पाएपछि सेवाग्राही हर्षित भएका छन् । विगतका वर्षहरुमा भत्ता बुझ्न लाईनमा बस्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले घरमै आएर भत्ता मिलेपछि ठुलो राहत र सुविधा आफुहरुलाई मिलेको एकल महिला मालती साह हलुवाईले बताइन् ।

सुखीपुरनगरपालिकाले जनतालाई गाउँमै सेवा सुविधाका लागि समाजिक सुरक्षा भत्ता समेत घरमै पुगेर बाटै सेवा दिन लागेको हो । नगरपालिकामा अन्य वडाहरुले पनि घर घर पुगेर समाजिक सुरक्षा भत्ता वितरण गर्न नगरपालिकाबाट आदेश समेत पठाएको छ ।


त्यसैगरी, कर्मचारीकै अभाव र कामको चापले अन्य स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता अझै वितरण हुन सकेको छैन । सरकारले प्रत्येक ४/४ महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा जेष्ठ नागरिकले गुनासो गरेका छन् । भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले नगरपालिका र गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६