लक्ष्मीपुर पतारीमा योग शिविर शुरु स्वास्थ्य जिवनको लागि ब्याम जरुरी भन्ने नाराको साथ पाँच दिने योग तथा ध्यान शिविरको आयोजना

  • प्रकाशित मितिः मंसिर 13, 2075
  • 85 पटक पढिएको

विकी गुप्ता
सिरहा । स्वास्थ्य जिवनको लागि ब्याम जरुरी भन्ने नाराको साथ पाँच दिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ रामपुर प्रिपामा सयौं जनाको सहभागीमा योग तथा ध्यानसम्बन्धी जानकारी दिन आईतवार देखि शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँलेहरुले विहान ५ बजे देखि नै सक्रिय सहभागिता जनाएको योग प्रशिक्षक जिल्ला पतंजली योग जिल्ला कार्य समितिका अध्यक्ष विपी चौधरी बताए । उनका अनुसार पर्याप्त हल नहुँदा सहभागीहरुलाई नव र्निमित स्वास्थ्य चौकीको कम्पाण्डमा योग सिकाइएको छ । सकारात्मक सोचको विकास गर्न शिविरको आयोजना गरिएको उनको भनाइ छ । योग र ध्यानले दैनिकीमा परिवर्तन आउन थालेको आयोजक मनोकामना वचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष चन्देश्र साहले बताए ।
उनका अनुसार शिविरकै क्रममा देखाएको सक्रियता उदाहरणीय थियो । उनका अनुसार बिहानै उठेर नियमित योगा र ध्यान गर्न थालेका छन् । योग शिविरको उद्घाटन कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बलव साह र वडा अध्यक्ष मनिक लाल यादबको प्रमुख अतिथ्यमा योग शिविरको शुरुवात भयो ।
योग र ध्यानले स्वास्थ्य समस्या हल हुने आशा रहेको छ । योग प्रशिक्षक चौधरीले योगले उनीहरूमा सकारात्मक सोच ल्याउने र दीर्घ जीवनका लागि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निःशुल्क पाउने कण्डम र अस्थायी साधन नहुँदा गर्भ बस्ने जोखिम बढ्दो

रोयाण्टर मण्डलसिरहा / जिल्लाका अधिकांश महिलाले प्रयोग गर्ने परिवार नियोजनको निःशुल्क पाउने अस्थायी साध

बम विस्फोटमा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये

प्रदेश २ सरकारको समिक्षा गर्न राजपा नेपालको बैठक जनकपुरमा

राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । प्

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६