दुर्घटनामा १ मृत्यू ४० जना घाईते बस र मिनी ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा १ मृत्यू भएको छ भने ४० जना घाईते

  • प्रकाशित मितिः मंसिर 7, 2075
  • 269 पटक पढिएको

विनय यादव
सिरहा । कमला नदी पूलको पूर्वी किनारमा यात्रु बाहक बस र मिनी ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा १ मृत्यू भएको छ भने ४० जना घाईते भएका छन् ।
बिहिवार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको पूल नजिकै दुर्घटना भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको ना. ४ ख. ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. ४ ख. ३९४० नम्बरको मिनी ट्रक एकापसमा ठोक्किएर बसमा सबार ४० बढी यात्रु घाईते भएका छन् ।
१ जनाको भने मृत्यू भएको प्रहरीले पुष्टि गरेको छ । मृतक सर्लाही हरिपुरका अन्दाजी ४५ वर्षीय जगदिश ठाकुर रहेको प्रहरी जनाएको छ । घाईतेहरुलाई उद्धार गरी उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटल तथा केहीलाई लहान र सिरहा समेत पठाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले जानकारी दिए ।
दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले भने, ‘अहिले हामीले सवैलाई अस्पताल पुर्याएका छौं, को कुन प्रकारका् घाइते हो भन्न सकिने अवस्था छैन, घाइतेमध्ये ७ जना जतिको अवस्था गम्भिर रहेको देखिएपनि यसैभन्न सकिन्न ।’

घटनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बस सर्लाहीबाट सुनसरीको मरेवाघाट तिर्थयात्राको लागि हिडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६