सुखीपुरमा ७ दिने अधारभूत पत्रकारिता तालिम शुरु सुखीपुरमा ७ दिने अधारभूत पत्रकारिता तालिम आईतवारबाट शुरु

  • प्रकाशित मितिः मंसिर 2, 2075
  • रोयाण्टर मण्डल
  • 230 पटक पढिएको

सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ सुखीपुरमा ७ दिने अधारभूत पत्रकारिता तालिम आईतवारबाट शुरु भएको छ ।

लेखन सीप, सिर्जनशील तथा सोच्ने र बिश्लेषण गर्ने क्षमताको विकाससँगै समुदायमा सूचना पहँुच बढाउन, समुदायभित्र भए रहेका घटनाहरु संचार माध्यममा सार्वजानिक गर्ने उद्देश्यले मधेश स्पेशल साप्ताहिक र मिथिला अवाज साप्ताहिक पत्रिकाले आयोजना गरिएको हो ।

श्री रामजानकी माध्यमिक (ब्यवसायिक) विद्यालय सुखीपुर–२ छजनाका प्रधान अध्यापक राम प्रताप यादबको प्रमुख अतिथ्यमा उदघाटन कार्यक्रममा जिल्ला उघोग वाणिज्य संघ सिरहाका जिल्ला सदस्य नागेश्वर प्रसाद चौधरी, राजापा नेपालका जिल्ला अध्यक्ष तथा बिएन बहुमुखी क्याम्पस सुखीपुरका अध्यक्ष राम बहादुर महतो, नेकपाका सुखीपुर नगर अध्यक्ष देव नरायण यादब, श्री जनता माध्यमिक विद्यालयका अबकाश प्राप्त प्रधान अध्यापक किशोरी प्रसाद महतो, श्रृजनशील समुदायिक विकास केन्द्र सुखीपुरका अध्यक्ष सुरेन्द्र प्रसाद साहले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो भने स्वागत मन्तब्य विपी भुवन यादब , उदघोषण रोयाण्टर मण्डल, प्रममुख अतिथीलाई माला र गम्छाले सम्मान गर्नेमा ओम प्रकाश गुप्ता, डिं।एन। यादब, अतिथीहरुलाई टिका लगाउनेमा रुपेश कुमार महतो र कार्यक्रमको अध्यक्ष हरिपति लाल कर्णले गर्नुभएको थियो ।

 

 

Posted by Haripatilal Karn on Sunday, November 18, 2018

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६