अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै सिरहाको सुखीपुरधाम लगायत मिथिलाञ्चलभरी धुमधामका साथ छठ पर्व मनाउदै छन् ।

  • प्रकाशित मितिः कार्तिक 27, 2075
  • रोयाण्टर मण्डल
  • 161 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको सुखीपुरधाम लगायत मिथिलाञ्चलभरी धुमधामका साथ छठ पर्व मनाउदै छन् ।
छठको तेस्रो यर्थात आज मंगलवार मुख्य दिन अस्ताउँदै गरेको षष्ठी माता तथा अस्ताउँदो सुर्यलाई अघ्र्य दिई मिथिलान्चल बासीले छठ पर्व मनाउन विहानै देखी मिथिलाञ्चलवासीहरु पोखरी,तालतलैया र जलासयलाई सिङ्गारि नै गरेको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।
सिरहाको सुखीपुर स्थितका रामजानकी मन्दिर पोखरी, गागैन खोला तथा बाबुराम खोला लगायतका मिथिलाभरका पोखरीमा हजारौको संख्यामा सामुहिक रुपमै अस्ताउँदो सुर्यलाई घरमा बनाई राखेको विभिन्न प्रकारका फलफूल तथा गहुँको पिठोले बनाईएको सामग्रीको षष्ठी माता तथा सुर्य अस्ताउँदो सुर्य देवतालाई अघ्र्य दिईएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै तेस्रो दिन अर्थात आज मंगलवार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटमा गई षष्ठी माता तथा अस्ताउदो सुर्यलाई अघ्र्य दिइएका छन् ।
त्यस्तै चोथो दिन यर्थात भोली बिहीवार एकाबिहानै पुन ः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशभरी मनाउने गरेका छन् ।

Image may contain: 3 people, people standing, shoes and outdoor

तस्वीर– धनेश्वर ठाकुर / दोहा कतार

Image may contain: sky and outdoor
फोटो क्याप्सन
सिरहाको सुखीपुरधाम स्थित रहेको रामजानकी पोखरीमा अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिदै ।
तस्वीर– रोयाण्टर मण्डल / सिरहा

Image may contain: outdoor and water

तस्वीर– फिरोज शेख / लहान

तस्वीर– संतोष साह / धनगढीमाई

Image may contain: 1 person, outdoor, food and water

तस्वीर– जिवछ उदासी / लहान

Image may contain: 3 people, outdoor

तस्वीर– राम नारायण ठाकुर / मिर्चैया

तस्वीर– कृष्ण मोहन चौधरी / सुखीपुर गागैन खोला

Image may contain: one or more people and outdoor

तस्वीर– हरिपति लाल कर्ण / सुखीपुर

तस्वीर– ओम प्रकाश गुप्ता / सुखीपुर

तस्वीर– तेज नारायाण् यादब / लंगुर्वा बल्ही

Image may contain: one or more people, people standing and outdoor

तस्वीर– रामकृपाल ठाकुर / सुखीपुर

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६