सशस्त्र प्रहरी र युवाको सक्रियताले सजिन थाले पोखरी र तालतलैया आज सोमबार सिरहाको सुखीपुरको रामजानकी मन्दिर पोखरी, शिव मन्दिर पोखरीमा सशस्त्र वेश क्याम्स सुखीपुरमा जवानहरु विहानै देखि सरसफाई गरेको हो ।

  • प्रकाशित मितिः कार्तिक 26, 2075
  • रोयाण्टर मण्डल
  • 249 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / मिथिलावासीका महान छठको चहल पहल शुरु साथै पोखरी, नदी, ताल तलैया लगायतको जलाशयहरु सरसफाई गर्न प्रहरी युवाहरु पनि सक्रिय भएर लागेपछि पोखरी र तालतलैया सजिन थालेका छन् ।
छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब भएकोले आज सोमबार सिरहाको सुखीपुरको रामजानकी मन्दिर पोखरी, शिव मन्दिर पोखरीमा सशस्त्र वेश क्याम्स सुखीपुरका जवान तथा युवाहरु विहानै देखि सरसफाई गरेको हो ।
सशस्त्र वेश क्याम्प सुखीपुरका ईस्पेक्टर केशव श्रेष्ठको अगुवाईमा भएको सरसफाई कार्यक्रमले स्थानीयवासीहरु खुशी भएको  सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतोले भन्नुभयो ।


सशस्त्र क्याम्पमा ईस्पेक्टर श्रेष्ठ सर आएपछि सुखीपुर शान्ति सुरक्षा देखि सरसफाई कार्यक्रममा समेत उहाँको अगुवाई कदर गर्नु पर्ने योग्य छ । उहाँलाई जति बेला समाजिक कार्यक्रयमा सहभागी हुन भन्दा समयमै आफनो टोली लिएर उपस्थित हुने गरेको अध्यक्ष महतोले भन्नुभयो ।
सिरहा सुखीपुरको रामजानकी पोखरी, गागैन खोला, बाबुराम नदी, शिव मन्दिर, लहानका खुटी खोला, रघुनाथपुर पोखरी, सिरहाका शुब्बा पोखरी लगायतका पोअरी ताल तलैया लगायतको पोखरीमा सरसफाई गर्नेहरुको भिड लागेको हो ।


सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जलाशयहरु विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालिसकेका छन् ।
छठ पर्वको लागि बजारमा आवश्यक सामाग्री खरिदहरुको भिड पनि उतिकै बढेको छ । खास गरी तराई मधेशका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल जस्ता फलफुल किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन ।


चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ समापन हुने गर्दछ । पछिल्लो समय मैथिल समुदायले भन्दा पनि सबै क्षेत्र र समुदायले यो पर्व सबै समुदाय विच लोकप्रिय हुँदै गएको छ ।


आज साँझ
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाईयो । शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत छ । दिनभर ब्रत बसेर आज साँझको समय नुहाइधुवाई गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाई सन्ध्याकलीन अर्घ दिएर खरना मनाउने चलन रहेको छ ।खरनाको लागि तस्बिर परिणाम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६