भाई बहिनीको स्नेह, प्रेम, सुभाशीष र मधुरताले भरेको भरदुतिया मनायो

  • प्रकाशित मितिः कार्तिक 23, 2075
  • 1381 पटक पढिएको

आरती मंडल

जनकपुरधाम / यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका (भरदुतिया) पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनायो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । साथै आजको दिन मिथिलाञ्चलमा भरदुतिया (भातृद्वितीया) मनाइने चलन रहेको छ । दिपावलीको दूई दिन पछि, कार्तिक मासको शुक्ल पक्षको द्वितीया तिथिमा भरदुतिया मनाइने गरिन्छ । यस पर्वमा दीदिबहिनीले दाजुभाईलाई निमंत्रणा दिइ आफ्नो घर बोलाउने गर्दछन ।

आंगनमा चामलको पिठो (पिठार) र सिंदूर लगाई बनाइएको अरिपनमा पिढी राखी दाजुभाईलाई त्यसमा बसाएर निधारमा पिठार तथा सिंदूरको टिका लगाई हाथमा पान,सुपारी राखी गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई केँ१ जहिना जहिना गंगा९यमुना केँ धार बहय, तहिना हमर भाय सबहक औरदा बढ़य” दीदीबहिनीले उक्त मन्त्र उच्चारण गर्ने गर्दछन । मन्त्रोच्चारण पश्चात दाजुभाईलाई मिष्ठान खुवाउने तथा भिजाइएको केराउ ९बजरी० खुवाउने चलन रहेको छ । बजरी खुवाउँदा भाईको शरिर बज्र झै होस कामना गरी मनाइने यस पर्वमा दाजुभाईले क्षमता अनुसार उपहार दिने मान्यता रहेको छ ।

Image may contain: 2 people

Image may contain: 3 people, people smiling, people sitting and child

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६