सुखीपुरमा सरसफाई कार्यक्रम सम्पन्न सरसफाई अभियानमा सिरहा २ ख को प्रदेश सभाका सदस्य मदन शेन श्रीवास्तव

  • प्रकाशित मितिः कार्तिक 20, 2075
  • रोयाण्टर मण्डल
  • 161 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं भन्ने नाराका सुखीपुर नगरपालिका वडा नम्बर ८ भित्र रहेको राजदेवी चौक देखि गुद्री बजारसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।

सुखीपुर नगरपालिका मुख्य वडा नम्बर ८ लाई सफा र वातावरण संरक्षण गर्ने कार्य अनुसार आज मंगलवार नमुना सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको एउटा वटा ट्याक्टरले  सघाएको थियो । सरसफाई अभियानमा सिरहा २ ख को प्रदेश सभाका सदस्य मदन शेन श्रीवास्तव, वडा समिति राजनीतिक संयन्त्र, टोल विकास संस्थाहरु, प्रहरी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई नियमानसार कारवाही गर्ने सुखीपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हरिवशं महतोले बताउनुभयो । आजको सरसफाई कार्यक्रम अन्तर्गत राजदेवी चौध, नयाँ नेपाल चौक, ओम शान्ति चौक, मोन्टेश्वरी चौक , शुभकामना चौक, गुद्रीबजार सम्म बृहत सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित सम्पूर्णलाई वडा नम्बर ८ का अध्यक्ष हरिवशं महतोले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६