सुखीपुर नगरको समृद्ध हाम्रो चाहना : नगर प्रमुख यादब सुखीपुर नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन

  • प्रकाशित मितिः कार्तिक 20, 2075
  • रोयाण्टर मण्डल
  • 101 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सुखीपुर नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय सुखीपुरमा गरिएको कार्यक्रममा २१ सदस्य नगर स्तरीय समिति गठन गरिएको छ ।
सुखीपुर नगरपालिका नगर प्रमुख रामऔतार यादबको अध्यक्षतामा गठन गरिएको समितिमा नगर उप प्रमुख रेणु देवी साह उप संयोजक छन् । सुखीपुर नगरपालिका वडा अध्यक्ष हरिवशं महतो, सुखीपुर ब्यपार समितिका अध्यक्ष शुत्रुधन चौधरी, शिक्षक सत्य नारायण यादब, महिलाहरुमा इन्द्रिा रौनियार, राम कुमारी महरा, समाजसेवी देव नारायण यादब लगायतका संघ सस्थाका प्रतिनिधीहरु सदस्य रहेको ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायक निरिक्षक चन्द्र नरायण यादबले बताउनुभयो ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले समुदाय प्रहरी साझेदारीको औचित्यबारे जानकारी गराएका थिए । उहाँले सुखीपुर नगरपालिकामा अहिले केही युवाहरु नाशा लागने लागुऔषध प्रयोग गर्दै आएको यस्ता कार्यलाई न्युनिकरण गर्न यो समितिको पनि प्रमुख काम हुनेछन् । प्रहरीलाई अधिकांश घटना सुचना नपाएर हुने गरेकोले गाउँघर टोल टोलका गोप्य सुचना समिति मार्फत जानकारी गराई घटनाहरु न्युनिकरण हुने विश्वास छ । आफनो टोलमा को कस्तो प्रकारको ब्यक्ति हो । त्यो सबैभन्दा पहिला परिवार , छिमेकीलाई थाहा हुदा हुदै पनि प्रहरीमा सुचना नपुगदा यस्ता युवा तथा अपाराधिक ब्यक्तिहरुको मनोबल बढने र कुलतमा फस्ने गरेको कयौं उदाहरण रहेको छ । शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग र नगर समृद्ध बनाउन सबै सरोकारवालाकासित सहकार्य गर्दै आएको बताए । ‘ सुखीपुर नगरको समृद्ध हाम्रो चाहना हो । विकास र सुशासन चाहन्छौ, शान्ति सुरक्षा सबैका लागि अपरिहार्य छ, नगरलाई शान्त बनाउन यो समितिले सबै सरोकारवालासित हातेमालो गर्छ’ उहाँले भने ।
सुखीपुर व्यपार समिति सुखीपुरका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले अहिले सुखीपुरका केही युवाहरु सुई ट्यावलेट लगायतका नाशाका औषधिहरु प्रयोग गर्ने अडा श्री जनता माध्यमिक विद्यालयको बगौचा रहेका छन् । नाशा सेवन गर्ने युवाहरु परिवारिक समस्या मात्रै नभई समाजिक समस्या भईसकेका छन् । तत्काल यस प्रति ध्यान दिएन भने राम्रा मान्छेहरुलाई आफनो ईज्जत बचाउन मुश्किल हुने अवस्था आउने दिन नजिकै आउदै छन् ।
त्यसैगरी, नव संग्राम पत्रिकामा प्रकाशित अनुसार, अपराध न्यूनिकरणका लागि नेपाल प्रहरीले समुदायसँगको सहकार्यको लागि ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सुरु गरेको छ । शान्ति र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय लहानले नगरपालिकासँग सहकार्य गरि स्थानीयतहमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्न आज सरोकारवालाहरुबीच छलफल गरि २१ सदस्य समिति गठन गरिएको छ ।
लहान नगरपालिकाका मेयर मुनि साहका प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गर्दै लहान नगरपालिका समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने मेयर साहले बताउँनुभयो । ‘भ्रष्ट, तस्कर, गुण्डा र अपराधीको जरै उखेलेर फाल्नुपर्छ । नागरिकले अपराधीका सूचना उपलब्ध गराउने वातावरण यो अभियानबाट हुनेछ,’ मेयर साहले बताउँनुभयो ।
उहाँले दिगो शान्ति कायम गरी लहानका २४ वटै वडालाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने बताउँदै शान्तिपूर्ण र सुरक्षित समाजका लागि कार्यक्रम ऐतिहासिक हुने मेयर साहले बताउँनुभयो ।
‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम लहान नगरपालिकाका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले कार्यक्रम सञ्चालन गरेको हो ।
प्रहरीले अघि सारेका कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभीलगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ ।यस्तै प्रहरीले नागरिकसँगकै सहकार्यमा मानव बेचबिखनको नियन्त्रण, एकीकृत घुम्ती शिविर सञ्चालन, सडक सुरक्षा, लागु औषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा र प्राकृतिक स्रोतसाधनको दोहन र दुरुपयोगमा पनि विशेष ध्यान दिने ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउँनुभयो ।
त्यस्तै अनलाईनहरुमा प्रकाशित समाचार , जिल्ला प्रहरी कार्यालयको सबै स्थानीय तहमा समिति गठन गर्ने कार्यक्रम अनुसार देशभर स्थानीय तह सहित विभिन्न निकायसित सहकार्य कार्यक्रम सुरु गरिएको बताए । ‘आज नगर स्तरीय समिति गठन गरिएको छ, अरु पनि समिति गठन गर्नु पर्नेछ, वडा, टोल, विद्यालय स्तरीय समिति गठन गर्छौ’ प्रहरी उपरीक्षक कडायतले भने । कार्यक्रममा सहभागीहरुले प्रहरीले जनतासित बलियो सम्बन्ध बनाउनु पर्ने सुझाव दिए । धुमपान निषेधका अभियन्ता मदन चन्दले शान्ति सुरक्षाका लागि सबैले सहयोग गर्न पर्ने उल्लेख गर्दै समितिलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।‘यो समिति गठन गरेर मात्रै हुँदैन, केही गरेर पनि देखाउनु पर्छ’ उनले भने,‘सुरक्षा निकाय र मेयरसापले एक भएर जानु पर्छ, त्यसमा पूर्ण सहयोग गर्छौ ।’बुद्धिजीवि उत्तम विष्टले नगर स्तरीय समितिले जनचेतना मुलक सामग्री समेटिएको श्रव्यदृष्य सामग्री प्रकाशन, ट्राफिक व्यवस्थापन, सडक नाटक लगायतका कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघ कञ्चनपुरका सह सचिव मोहन विष्टले समाजका विकृति, विसंगति हटाउन समितिको भूमिका प्रभावकारी हुने बताए ।अधिकारकर्मी अमिर तिरुवाले समितिले समुदाय स्तरमा रचनात्मक कार्य गर्नु पर्ने, परामर्श सेवा सञ्चालन गर्नु पर्ने, सडक नाटक प्रदर्शन, दलित समुदायका कार्यक्रममा सहभागी हुनु पर्ने लगायतका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए ।महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकला पन्तले समाज सुधारका लागि विद्यार्थी मात्रै नभएर अभिभावकलाई समेत शिक्षा दिनु पर्ने आवश्यकता औल्याइन । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालले समितिले वादविवाद, होर्डिङ्ग बोर्ड, प्रहरी कार्यालयको १०० नम्बरको प्रचार, बालबालिका सुरक्षा, सामाजिक अभियान लगायतका कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिए । अधिकारकर्मी प्रभुनिधि पन्तले प्रहरी र जनताबीच दुरी बढ्न राम्रो नहुने उल्लेख गर्र्दै आपशी सहकार्य र समन्वय गरी जानु पर्नेमा जोड दिए । कार्यक्रममा भीम नाथ, भोजराज भट्ट, गणेश बोहरा लगायतले नगर वासिन्दा र अन्य गैर सरकारी संस्थाहरुसित सहकार्य गरी जानु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले सञ्चालन गरेको कार्यक्रममा भीनपाका जनप्रतिनिधि, प्रहरी अधिकारी, अधिकारकर्मी लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६