चुनावी प्रतिबद्धता, जनताको इच्छा र आबश्यक्ता अनुसार काम गर्दैछौ : अध्यक्ष केदार यादब सखुवानन्कारकट्टी गाउँपालिका सीमावर्ती नवराजपुर गाउँपालिकामा नेकपाले आफ्ना पार्टी कार्यकर्ता र शुभचिन्तकको बीचमा शुभकामना आदानप्रदान

  • प्रकाशित मितिः कार्तिक 14, 2075
  • रोयाण्टर मण्डल
  • 136 पटक पढिएको

मधेश स्पेशल समाचारदाता
सिरहा /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाको आयोजित दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला लगायत केन्द्रिय स्तरका नेताहरुले सखुवानन्कारकट्टी गाउँपालिका सीमावर्ती नवराजपुर गाउँपालिकामा नेकपाले आफ्ना पार्टी कार्यकर्ता र शुभचिन्तकको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपाका स्थानीय तहका नेता, प्रदेश सभाका सदस्य , प्रतिनिधी सभाका सदस्य, पूर्व सभासद, सांसद तथा पार्टीका विभिन्न भातृ सङ्गठनका पदाधिकारीको उपस्थिति थियो ।
सखुवान्नकारकट्टी गाउँपालिका को खैरबोना चौकमा निर्वाचन क्षेत्र न.१ प्रदेश (ख) को शुभकामना आदानप्रदान कार्यक्रममा बिशाल जनसहभागिता का बिच गाउँपालिका अध्यक्ष केदार नाथ यादबले केही सामन्तबादी सोच भएका ब्यक्तिहरु गरिब,दलित जनतालाई विभिन्न भ्रमित प्रचार गरि आतंकित गर्ने काम गरेको र त्यस्ता गतिविधि नरोके कडा प्रतिबाद गर्न जन्ता तयार रहेको,चुनावी प्रतिबद्धता र जनताको इच्छा, आबश्यक्ता, भाबना अनुसार कामगर्ने प्रतिबद्धता सहितको मन्तव्य गर्नुभयो ।
त्यसैगरी, शुक्रवार नवराजपुर गाँउपालिकाले आयोजना गरेका शुभकामना आदान प्रदान कार्यक्रमका्र प्रमुख अतिथि सिरहा ३ का सांसद तथा केस लिलानाथ श्रेष्ठ , सिरहा २ का सांसद सुरेशचन्द्र दास यादव , पूर्व कानुनमन्त्री तथा केस अजयशंकर नायक झा अविनाश प्रदेश सभा सदस्य अशोक कुमार यादव , केस तथ त्यागी नेता कम्युनिष्ट आदर्शको प्रतिक धर्मनाथ यादव युवा नेता जिवछ यादव र सखुवानन्कारकटीका अध्यक्ष केदार नाथ यादव सगायका नेताहरु वक्ता र आकर्षक अतिथिहरु थिए ।
शुकामना मन्त्व्यको क्रममा सुरेन्द्र यादवले भन्नुभयो , यस गाउँपालिकामा ११ करोडको बजेटमा ब्यापक भ्रष्टाचार भएको छ ्र सामाजिक सुरक्षा भात्ता , प्रसुति भात्ता वितरण गरिएको छैन । गाँउपालिका अध्यक्ष विश्वमोहन यादवलाइ पटक पटक यी भात्ता वितरण र भ्रष्टाचार नियणत्रण गर्न गरेको आग्रहलाइ वास्ता नगरेकोले नेकपाको नेतृत्वमा संघर्ष गरेर सामन्ती सत्ता भत्काउन लाग्नुपर्छ । सखुवानन्कारकटी गाउपालिका अध्यक्ष केदारनाथ यादवले नवराजपुर गाउपालिकामा गरीव मजदुर किसानको लागि लोकतन्त्र नआएकोले सामन्तीगढ भत्काउन नेकपाका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य अशोक कुमार यादवले प्रदेश २ को अर्थमन्त्री विजय यादव यसै प्रदेशबाट निर्वाचित भएपनि यस भेगको विकासको लागि कुनै चासो नराखेको आरोप लगाउदै आउने चुनावमा नवराजपुरको गढ भत्कउन अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो । सिरहा २ का सांसद सुरेशचन्द्र यादवले नेकपाको स्थानीय कार्यकर्ताहरुमाथि लगाएको झुठा मुद्द खारेज गरेर नेकपाको कार्यकर्ता नेताहरुको मनोवल बढाउन आफूले सहयोग गर्ने विश्वास दिलाउनुभयो । केस धर्मनाथ यादवले नवराजपुरको सामन्ती गढ आफै भत्किनेछ ्र नेकपाका नेता कार्यकर्ताहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने सुझाब दिनुभयो । केस अजय शंकर नायकले अवशेषको रुपमा रहेको नवरापुरको गढ कमजोर भैसकेको छ । समृद्धि र विकासको हुरीले आउने चुनावमा यो गढमा कम्युनिष्ट पार्टीको झण्डा फहरिने शुभकामना दिनुभयो । प्रमुख अतिथि सांसद तथा केस लिलानाथ श्रेष्ठले भन्नुभयो , मधेशी जनताको अधिकार र विकासको सपना सकार गर्न केन्द्रिय सरकार लागि परेको छ । सरकारको अर्जून दृष्टि नै समृद्धि र विकास रहेको प्रष्टयाउदै विकास र समृद्धिको पक्षमा जनता रहेकोले नवराजपुर जस्ता सामन्ती गढमा कम्युनिष्टको स्थानीय सरकार जनताले बनाएरै छाड्ने तर्क गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६