सुखीपुर नगरपालिकाद्धारा विभिन्न क्षेत्रका उत्कृष्टहरु सम्मानित सुखीपुर नगरपालिकालाई राम्रो नगर बनाउ वक्ताहरुको शुभकामना

  • प्रकाशित मितिः कार्तिक 14, 2075
  • रोयाण्टर मण्डल
  • 72 पटक पढिएको

क्याप्सन ः सुखीपुर नगरपालिकाका उत्कृष्ट कर्मचारी इन्जिनियर डोमी यादब सम्मानित हुदै
मधेश स्पेशल समाचारदाता
सिरहा / सुखीपुर नगरनगरपालिकाले दशै दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । सोहि अवसरमा नगरपालिकाले बिभिन्न ब्याक्तिलाइ सम्मान गरेको छ ।
कार्यक्रममा नगर पालिकाले कर्मचारीबाट उत्कृष्ट कर्मचारी इन्जिनियर डोमी यादबलाई सर्व उत्कृष्ट कर्मचारी कर्मचारीको रुपमा प्रसंसापत्रले सम्मान गरेको छ ।
त्यस्तैगरि सम्मान पाउनेमा सुखीपुर नगरपालिका स्थापना गराउन अनशन बसेका अशनकारी राम भरोष साह, राम किशुन यादब, विन्देश्वर यादब , हरेराम यादब , सुखीपुर नगरपालिका बचाउ सर्घष समितिका संयोजक तथा अनशनकारी वीपी भुवन यादब, २ नम्बर प्रदेश सभाका प्रदेश सदस्य मदन शेन श्रीवास्तव, नरेश कुमार यादब, सुनिता राम , वडा अध्यक्षमा राम लोभित यादब, उपभोक्ता समितिमा बद्री साह , शिक्षकमा नविन कुमार यादब, प्रधान अध्यापकमा राम प्रताप यादब, छात्रामा खुशबु कुमारी यादब, छात्रमा आनन्द कुमार यादब र सुखीपुर ब्यपार समितिलाई प्रमाणपत्रले सम्मान गरेको छ ।
पुरस्कृतहरु लाई शुभकामना कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रिय सदस्य धर्मनाथ यादबले प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा नगरका बुद्धिजिवी, राजनैतिक दल , शिक्षक, कर्मचारी र ब्यपारी लगायतले बोल्दै शुभकामना दिदै नमुना नगरपालिका बनाउन लक्ष्यका साथ अगाडि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रम सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबको अध्यक्षता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६