सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित राजनीति भनेको कुनै पनि देश वा भूभागको शासन संचालन सम्बन्धी गतिविधी हो ।

  • प्रकाशित मितिः आश्विन 7, 2075
  • 283 पटक पढिएको

सुरेन्द्र साह
ठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसेवी तर राजनेता , राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीबन्छु भन्ने कमै हुन्छन् । जवकी मुलुकलाई कतै लै जाने भन्ने मुख्य जिम्मेवारी उनीहरुमै हुन्छ । यस्तो किन ? किनकी हाम्रो मुलुकमा सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित छ । तर राजनीति आफै चाही त्यति सफा छैन् । ससाफा नभएकोले नयाँ पुस्तालाई यतातिर लाग्नु राम्रो होइन भन्ने लागेको हुन सक्छ ।
अक्सफोर्ड डिक्सनरीका अनुसार राजनीति भनेको कुनै पनि देश वा भूभागको शासन संचालन सम्बन्धी गतिविधी हो । यसलाई देश संचालनको मू निति पनि भन्न सकिन्छ । राजनीति शास्त्रका दर्शनिक एरिस्टोटलले यसलाई समाज विज्ञान कै एउटा अंगका रुपमा मुलुक कसरी संचालन हुन्छ भन्ने कुरा त्याहाँको राजनिति ब्यवस्था कस्तो छ भन्नेमा भर पर्छ । हाल संसारमा तीन प्रकारका राजनीति ब्यबस्थाको अभ्यास भएको पाईन्छ । अधिनायक ब्यवस्था कम्युनिष्ट ब्यबस्था र लोकतान्त्रिक ब्यबस्था , अधिनायक ब्यबस्था, जनतालाई स्वतन्त्रता हुदैन् । एउटै ब्यक्तिले शासन संचालनमा आफनो हैकम चलाउँछ । कम्युनिष्ट अबस्थामा कम्युनिष्ट विचार धारा राख्ने पार्टीहरुले शासन चलाउँछन् । लोकतान्त्रिक ब्यबस्थामा वैयकिउत स्वतन्त्रता हुन्छ । निर्वाचन मार्फत जनताले भोट हालेर आफ्ना प्रतिनिधि चयन गर्छ । यसरी चयन गरिएको प्रतिनिधिले मुलुकमा शासन गर्छन् ।
नेपाल पनि लोकतान्त्रिक शासन ब्यबस्था भएको मुलुक हो । राजनितिक ब्यवस्था राम्रो अपनाउदैमा मुलुकमा प्रगति हुन्छ भन्ने छैन् । प्रगति लागि त्यसलाई संचालन गर्ने तरीका र नेताहरु पनि असल हुनुपर्छ । राजनीति सही ढंगले चलेन भने जनताले आन्दोलनवाट त्यस्तो शासन ब्यबस्था परिवर्तन गर्छन् । नेपाल पनि पटक पटक यस्ता परिवर्तन भए जस्तै २००७ सालका आन्दोलनले राना शासन ढालेर प्रजातन्त्र स्थापना गरियो । २४६ सालमा जन आन्दोलनबाट पंचामती शासन ढालेर पून ः प्रजातन्त्र स्थापना गरेको थियो । २०६२÷०६३ सालको आन्दोलनले राजतन्त्र ढालेर नेपालमा लोकतन्त्र गन्तन्त्र स्थापना गर्न भूमिका खेलेको थियो । पुराना शासन ब्यवस्थामा गलत कामहरु बढदै जान थालेपछि जनताले आन्दोलनबाट नयाँ ब्यवस्था ल्याएका छन् ।
मुलुक चलने मुख्य आर्थिक श्रोत त्यस देशका जनताले तिरको कर हो सबैका वुवा आमा वा अभिभावक तथा स्वयंग कमाएको रकम को केही प्रतिशत राज्यले करका रुपमा तिरिरहनु भएके छ । राष्ट्रको सम्पतिमा प्रत्येक जनताको श्रम जोडिएको हुन्छ । त्यसैले शासन संचालन गर्ने राजनीति राम्रो भयो भने मात्र हामीले तिरको करको सही उपयोग हुन सक्छ । हाम्रो देशमा अब संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रुपमा कार्यान्वय हुन लागेको छ । मुलुकमा ७ प्रदेश र ७५३ स्थानीय तह भएका छन् ती सबैमा जन प्रतिनिधीहरु पनि चुनिइसकेका छन् । अब उनीहरुले कसरी काम गर्छन र मुलुक कसरी संचालन हुन्छ । त्यस लागि संविधान राम्रो हुन्छ । जसमा जनताहरु हित लागि समावेश हुनु पर्नेछ । कुनै पनि मुलुक संचालन गर्न नीति, नियम कानुनहरु नै संविधान हो । हाम्रो देशमा नेपालको संविधकान २०७२ लागुछ । संविधानमा ३५ भाग ३०८ धारा र ९ वटा अनुसुचि छन् । संविधानमा ३१ वटा मौलिक हक संगै नागरिकले गर्नुपर्ने कर्तव्य पनि उल्लेख छन् । संविधान अनुसार नेपालमा तीन तहका शासकीय संरचना व्यवस्था गरिएको छ ।
क. संघ
ख. प्रदेश
ग. स्थानीय तह
क. संघ ः संघ भनेको केन्द्र हो । संघमा कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका हुन्छन । राज्यमा तीनवटै अंगका कुख्य केन्द्रीय निकायहरु संघ भित्र रहन्छन् । हाम्रो संविधानमा १३ वटा संवैधानिक आयोगको व्यवस्था छ । ती आयोगको मुख्य कार्यालय पनि संघमै रहन्छन् । ती मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित आयोग सधै रहने आयोग हुन । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुश्लिम आयोग छन् । संघ सबैभन्दा माथिल्लो शासकीय संरचना भएकोले अन्य तहमा भएको काम कावाहीलाई यसले निगरानी पनि गरिराखेको हुन्छ ।

ख. प्रदेश ः संविधानमा निधारित ७ प्रदेशमा जनप्रतिनिधीहरु चुनिईसक्के छन् । प्रदेश १ देखि ७ सम्मका अस्थायी मुकाम क्रमश ः विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनडी तोकिएका छन् ।
यसमा
१. प्रदेश सरकार
२. प्रदेश सभा
३. उच्च जिल्ला अदालत
ग. स्थानीय तह ः मुलुकको शासकीय संरचना मध्ये सबैभन्दा तलो इकाई स्थानीय तह हो । महा नगरपालिका , उप महा नगरपालिका, नगरपालिका र गाउँपालिका स्थानीय तह छन् । नेपालमा ७५३ स्थानीय तह छन् । ती मध्ये ६ महा नगरपालिका, ११ उप महा नगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । स्थानीय तह भित्र तीन प्रकारका संरचना हुन्छन् । गाउँ ÷ नगर कार्यपालिका , गाउँ ÷ गाउँसभा र न्यायिक समिति ।
क. गाउँ ÷ नगर कार्यपालिका ः– यसमा दैनिक कार्य संचालन हुने छ । यसका प्रमुखलाई मेयर वा नगर प्रमुख भन्निछन् ।
ख. गाउँ ÷ नगर सभा ः– यसमा नगर सभाले गाउँपालिका वा नगर पालिकाको नीति निर्माण गर्ने काम गर्छन् ।
ग. न्याययिक समिति ः– न्यायिक समितिले गाउँ ÷ नगर भित्रका विभिन्न उजुरी र मुदाहरुको छिनोफानो गर्ने काम गर्छ । ( लेखक ःश्रृजनशील सामुदायिक विकास केन्द्र नेपालको अध्यक्ष हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६