सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित खचाखच भरिएको हल तालीले गुन्जियो ।

  • प्रकाशित मितिः आश्विन 7, 2075
  • 1260 पटक पढिएको

 
 
1
मोहे रंग दो लाल
मोहे रंग दो लाल
नंद के लाल लाल
छेड़ो नहीं बस रंग दो लाल
मोहे रंग दो लालदेखूं देखूं तुझको मैं होके निहाल
देखूं देखूं तुझको मैं होके निहाल
छू लो कोरा मोरा कांच सा तन
नैन भर क्या रहे निहार

भारतीय गायिका श्रेया घोषालले गाउनु भएको हिन्दी फिल्म बाजीराउ मस्ताना (सन् २०१५) को यो गीत २२ वर्षीया सानुमैया यादवले जब आफ्नो स्वरमा गाउनुभयो । खचाखच भरिएको हल तालीले गुन्जियो ।

 इन्टरनेशनल फेडरेशन अफ यादव चम्बर अफ कमर्शले भदौं २१ गते आयोजना गरेको इण्डो नेपाल विजनेश समीट २०१८ को उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारत तथा नेपालका उद्योगपतिहरुको उपस्थिति थियो । त्यो कार्यक्रममा स्वागतका लागि सानुमैया यादवले गाउनु भएको गीत सुनेर सबैको मन मोहित पार्नुभएको थियो ।


नेपालका उद्योगपतिहरुलाई लागेको थियो । सानुमैया यादव भारतका ठूलै गायिक हुनुहुन्छ भने भारतीय उद्योगपतिलाई लागेको थियो नेपालका ठूलै गायिका हुनुहुन्छ ।

यस्तो हुनुमा उहाँको गला (स्वर) र कलाको कमाल थियो । उहाँको अवाज कुनै व्यावसायिक गायिक भन्दा कम थिएन । कार्यक्रममा धेरैले उहाँको बारेमा सोधखोज गर्यो । सहारा टाइम्सको प्रतिनिधिले पनि उहाँलाई पछ्याउँदै गयो । पछ्याउँदै क्रममा संगितका गुरु गुरुदेव कामतको गुरुकुल पाठशालामामा भेटभयो । बुझ्दै जाँदा उहाँ सिरहा सुखिपुरका हुनुहुन्छ ।


गीत संगितका विद्यार्थी उहाँले यो क्षेत्रमा आएको धेरै भएको छैन । विद्यालयको कक्षा कोठा र घर आँगनमा उहाँको गीत गुन्जिन थालेपछि धेरैले उहाँलाई सल्लाह दिनुभएको रहेछ कि यसै क्षेत्रमा लाग्नुस्, यसैमा केरियर बनाउनुस् ।

र, आफ्ना आफन्तहरुको सल्लाह मानेर उहाँ अहिले सबै कुरा छाडेर गीत संगित सिक्न थाल्नुभएको छ । र, विगत दुई अढाई वर्षदेखि पुतलीसडकमा रहेको गुरुकुल पाठशालामा दिनहुँ धाइरहनु भएको छ । गुरुदेव कामतको निगरानीमा उहाँले त्यहाँ दिनहुँ एक घण्टा रियाज (प्राइक्टिस्) गर्नुहुन्छ र अन्य आधारभूत र सैद्धान्तिक ज्ञान लिनुहुन्छ ।


भदौ २५ गते गुरुकुल पाठशालामा भेटनु भएको सानुमैया यादवसँग शुरुमै यो क्षेत्रमा कसरी आउनुभयो भनि जिज्ञासा राख्दा उहाँले भन्नुभयो, मलाई सानैदेखि गीत संगितप्रति साह्रै रुची थियो । रेडियोमा सुनेका गीतलाई गुनगुनाउने बानी मेरो सानैदेखि थियो । रेडियोमा सुनेको गीतमध्ये कुनै राम्रो लाग्यो भने त्यसलाई मैले जोडजोडले गाइ दिन्थे र वरिपरीका छरछिमेकले पनि मन पराउनुहुन्थ्यो । र, भन्नुहुन्थ्यो, आहा । मैयाको स्वर कति मिठो । र, म झन उत्साहित हुन्थे । झन गाउँथे ।


उहाँलाई अझै सम्झाना छ । उदीत नारायण झाले गाउनु भएको हिन्दी फिल्म ‘दिल’ को गीत मुझे निन्द आए, मुझे चयन न आए....(सन् १९९०) बोलको गीत रेडियोमा सुनेर डायरीमा टिपेर त्यसलाई उहाँले पटक पटक गाएर प्राइक्टिस गर्नुभएको थियो । त्यो गीत उहाँले स्कूलदेखि लिएर विभिन्न ठाउँमा गाउनु भएको थियो ।

सानुमैयाले अच्चमको खुलासा के गर्नुभयो भने उहाँका दिदी लुना यादवको डायरीमा पनि त्यही गीत लेखिएको थियो । पछि सानुमैया यादवले त्यहीबाट राम्रोसँग आफ्नो डायरीमा सार्नुभएको थियो ।

स्वरको पहिचान
उहाँको त्यो अवाज भन्सा घर र विद्यालयको कक्षा कोठासम्म मात्र सिमित थियो । जसले पनि उहाँको गीत सुनेर वाह ! मात्र भन्थियो तर कसैले पनि आगाडी बढ्नुस् भनि सल्लाह दिइरहेका थिएन । स्कूलमा पनि शिक्षकहरुलाई कक्षा कोठामा बोर लाग्थ्यो भने भन्नुहुन्थ्यो, सानुमैया ल एउटा गीत सुनाउनुस् त ।’

 तर उहाँहरुले पनि कहिले यति राम्रो स्वर छ यसलाई यसरी दवाएर राख्नु हुँदैन बाहिर लैजानुपर्छ भन्नुभएन । सानुमैया एकदिन आफ्नो मामा घर (सिरहाको लहान) गएको बेला भन्सा घरमा एउटा गीत गुनगुनाउनु भएको थियो । जुन घरबाहिरका व्यक्तिहरुले पनि सुनेका थिए । तीमध्ये कसैले वास्ता गरेन । उहाँको मामा अरविन्द यादवले मात्र सानुमैयाको स्वरलाई पहिचान गर्नुभयो ।

त्यसपछि मामा अरविन्द यादवले सानुमैयालाई बोलाएर भन्नुभयो, भान्जी तिम्रो यति राम्रो स्वर रहेको छ । तिमी गायन क्षेत्रमा नै लाग्नुपर्छ । पढाई पनि त्यसैमा गर्नुपर्छ । बरु म तिम्रो बुवासँग म कुरा गर्छु ।’ त्यति बेलासम्म सानुमैयालाई मात्र होइन, उहाँका बुवा शिवकुमार यादवलाई समेत उहाँको स्वरको बारेमा थाह थिएन । सानुमैयालाई जतिखेर पनि गीत गाउन मन लाग्थ्यो ।

जतिखेर पनि गुनगुनाउन मन लाग्थ्यो तर आफ्नो स्वर यति मिठो छ र एकदिन गायनकै क्षेत्रमा लाग्छु भनि उहाँलाई लागेको थिएन । आज उहाँले आफ्नो जीवनको लक्ष्य नै गायनलाई बनाउन स्ट्रगलमा लाग्नुभएको छ ।
उहाँका मामा अरविन्द यादवले सानुमैयालाई सल्लाह दिएको धेरै दिनपछि मात्र बुवा शिवकुमार यादवले आफ्नो छोरीको प्रतिभाको बारेमा थाह पाउनु भएको थियो । बुवा शिवकुमार यादवले आफ्ना छोरी सानुमैया यादवको गीत पहिला पनि नसुनेको होइन तर सधै नजरअन्दाज गर्दै आउनु भएको थियो ।

जव सानुमैयाको कला र गलाको चारैतिर चर्चा हुन थाल्यो अनि मात्र उहाँको ध्यानाकर्षण भयो । अरविन्द यादवले पनि शिवकुमार यादवसँग सानुमैयाको आवाजको बारेमा चर्चा गर्नुभएको थियो तर तत्कालै उहाँले केही गर्ने सोचमा पुग्नुभएन ।

बुवा शिवकुमार यादव भन्नुहुन्छ, मेरी छोरी यति राम्रो गाउनु हुन्छ भने कुरा मैले याद गरेको थिइनन् । एक दिन बाख्रा चराउन गएको बेला उनले खेतमा गीत गाउँदा त्यही बाटो हिड्ने एउटा महिलाले सुन्नुभएको छ । उहाँलाई सानुमैयाको आवाज साह्रो नै मिठो लाग्यो र उहाँले हामीलाई घरमा भन्न आउनु भएको थियो ।’

त्यतिबेला पनि खासै वास्ता भएन उहाँका बुवालाई । सुनिएकै आवाज हो के नै ठूलो काम भएको हो र, भनि उतातिर उहाँले ध्यान दिनुभएन । जब आफ्नो छोरीलाई विराटनगर भेट्न जानु भयो र त्यहाँको शिक्षकले सानुमैयाको बारेमा भन्नुभयो त्यसपछि मात्र शिवकुमार यादव गम्भीर हुनुभयो ।


हुन त सानुमैया जस्तै शिवकुमार यादव पनि आफ्नो जमानाका किशोर कुमार हुनुहुन्थ्यो । उहाँले पनि सानोमा सानुमैया जस्तै गीत गाउनुहुन्थ्यो स्कूल तथा खेतहरुमा । वाह वाही हुन्थ्यो उहाँको पनि तर सानुमैया जस्तो उहाँको अवाजालाई बाहिर ल्याउने प्रयास कसैले गर्नुभएन ।

 शिवकुमार भन्नुहुन्छ, म पनि सानोमा स्कूहरुमा गीत गाउँथे । त्यतिबेला मलाई सबैले किशोर कुमार भन्थे । तर, बुवा, हजुरवुवाले वास्ता गर्नुभएन । उहाँहरुले त्यतिबेला मेरो स्वरलाई बाहिर ल्याइदिनेमा सहयोग गर्नुभएको भए सायद आज म पनि गायक हुन्थे होला कि । तर मेरो बुवा र हजुर बुवाले गर्नुभएको गल्ती म गर्दिन । मेरी छोरी सानी मैयालाई गायन क्षेत्रमा आगाडी बढाउनका लागि मलाई जे जे गर्नुपर्छ ती सबै गर्न तयार छु ।’

शिक्षा
हार्डवेयरको पसल खोल्नु भएका शिवकुमार यादवले छोरीलाई साइन्स पढाएर ठूलै व्यक्ति बनाउने सपना देख्नुभएको रहेछ । श्री जनता माध्यमिक विद्यालय मोहनपुरबाट सानुमैया २०७० मा फस्ट डिभिजनमा एसएलसी पास गरेपछि उहाँलाई प्लस टुमा साइन्स पढ्नका लागि विराटनगर पठाउनुभयो ।

शिक्षा परिषद्बाट नाम निकाल्न सफल सानुमैयाले विराटनगरको अर्किडमा नाम लेखाउनुभयो । बुवाले साइन्स पढ्नुपर्छ भनेर विराटनगर पठाएपछि सानुमैयाले कुनै प्रतिवाद गर्नुभएन ।

 र अज्ञाकारी छोरी जस्तै उहाँ विराटनगर जानुभयो । पढाई शुरु गर्नुभयो तर उहाँलाई कक्षा कोठामा मन लागिरहेको थिएन । एक त सामुदायिक स्कूलमा पढेको हुनाले उहाँको अँग्रेजी त्यति राम्रो थिएन । र, त्यसले गर्दा उहाँलाई साइन्स त्यतिकै गाह्रो भइरहेको थियो । उहाँ स्कूल जाँदा सधै दुखित मन लिएर जानु हुन्थ्यो ।


यो कुराको अनुभव शिक्षकहरु पनि गरिसक्नुभएको थियो । सानुमैया विराटनगरको स्कूलमा पनि कहिले काहीँ गीत गाउनु हुन्थ्यो । स्कूलमा गीत गाउँदा सानुमैया जति उत्साहित र प्रफुलित हुन्थ्यो त्यति पढाईमा हुँदैन्थ्यो । त्यति बेलासम्म उहाँको गीतको तारिफ विराटनगरमा पनि भइरहेको थियो । एकदिन छोरीलाई भेट्ने भनि शिवकुमार विराटनगर पुग्नुभयो ।

सानुमैयाका बुवा शिवकुमारलाई शिक्षकहरुले भन्नुभयो, सानुमैयाका लागि यो कलेज होइन, तपाई उहाँलाई गीत संगितको क्षेत्रमा लगाउनुस् यहाँ उहाँको समय मात्र खेर गइरहेको छ ।’ त्यतिबेला सानुमैयालाई ठेउला निस्केको थियो । त्यहाँ छोरीसँग भेट्दा शिवकुमारलाई पनि अनौठो लागेको थियो ।

छोरीको अनुहारमा उहाँले पनि खुशी पाउनु भएका थिएन । पहिलाको सानुमैया र अहिलेको सानुमैयामा उहाँले फरक पाउनुभयो । शिक्षकहरुसँग बुझ्दा सानुमैयालाई पढाई लेखाईमा मन लागि रहेको छैन । पढाई लेखाई भन्दा पनि उहाँलाई गीत संगितमा राम्रो लागि रहेको छ भनि शिक्षकहरुबाट प्रतिकृया पाउनु भएको थियो ।

बुवाको मन 
बरु उहाँलाई यहाँबाट लग्नुस् गीत संगितमै पढाउनुस् भनि सल्लाह शिक्षकहरु दिनु भएको थियो । सानुमैयालाई लिएर उहाँको बुवा घर फर्किनुभयो । तर पढाई नै छोडाउने सोचले होइन । यद्यपी शिक्षकहरुले भनेको कुराले गर्दा शिवकुमार यादव गम्भीर हुनुभएको थियो ।

सोच्न बाध्य त हुनुभयो तर पढाई लेखाई छोडाएर गीत संगितमा होमि दिउँ भनि डिसिजन गर्न पाउनु भएको थिएन । सानुमैयाको जीउभरि घाउ (ठेउला) थियो । सन्चो थिएन । त्यसमाथि उहाँलाई साइन्स पढ्ने इच्छा पनि थिएन । गीत संगितमै उहाँको रुची थियो । विराटनगरबाट घर फर्किनु भएका सानुमैया त्यसपछि त्यहाँ फकर््ेर जानुभएन । उहाँले फस्र्ट इयरको परीक्षा दिनुभएको थियो ।

बुवा शिवकुमार यादवको मनमा पनि छोरीलाई गायन क्षेत्रमै लगाउनु पर्ने मनमा पस्यो । उहाँले छोरीलाई तिमीलाई गायन क्षेत्र राम्रो लाग्छ भने यसैमा पढाई लेखाई गर्नुस् । तिमीलाई कहाँ पढ्न मन लाग्छ त्यहाँ पढ्न जानु भनि भन्नुभएको थियो । बुवाको कुरा सुनेर सानुमैया पनि उत्साहित हुनुभएको थियो ।

उहाँलाई पनि गीत संगितमै केही गरौं सोच बनिसकेको थियो । तर कहाँ जाउ भनि टुगों थिएन । उहाँले १० कक्षामा पढी रहँदा एसएसलीको तयारीका लागि झापा जानु भयो । झापाको विर्तामोडमा उहाँको नाना (आमाको बुवा) डा.चन्देश्वर यादव बस्नु हुन्थ्यो । नाना डाक्टर हुनुहुन्थ्यो । त्यहाँ उहाँले १० कक्षाको कोचिगं गर्नुभयो त्यसका साथै एउटा इन्स्टिीच्युटमा गएर एक वर्षसम्म गीत गाउन पनि सिक्नुभयो ।

जुन कुरा उहाँका नानालाई पनि मन परेको थियो । नाना चन्देश्वरलाई पनि नातीनी सानुमैयाको आवाज मन परेको थियो र गीत सिकाउनका लागि झापा लाग्नु भएको शिवकुमार यादव बताउनुहुन्छ । त्यतिबेलासम्म उहाँका बुवाले छोरीलाई यसै क्षेत्रमा लगाउनु पर्छ भनि सोच्नु भएको थिएन ।

जब विराटनगरबाट फर्किनुभयो अनि उहाँले छोरीलाई कुनै राम्रो ठाउँमा यसै विषयमा बढाउनुपर्छ भनि इन्स्टिच्युटको खोजीमा लाग्नुभयो । शिवकुमार यादवले गुरुदेव कामतको बारेमा थाह पाउनु भएको थियो । गुरुदेव कामत पोखरभिण्डा घर गएको बेला शिवकुमार यादव उहाँलाई भेटेर छोरीलाई संगित सिकाइृ दिनुपर्छ भनि आग्रह गनुृभयो । छोरीको आवाज राम्रो छ । मैले यसैमा पढाउन चाहन्छु । जतिसम्म पढ्नु हुन्छ म गीत संगितमै पढाउनु भनि गुरुदेव कामतसँग राख्नुभयो । गुरुदेव कामतले काठमाडौ पठाई दिनु भनेपछि सानुमैया काठमाडौ आएर गुरुदेव कामतसँग गीत संगितको शिक्षा लिन थाल्नुभयो ।


स्टेज शो
भन्साघर, सरस्वती पुजा, खेतवारी र कक्षा कोठामा मात्र सिमित रहेको उहाँको आवाज विस्तारै स्टेजहरुमा गुन्जिन थाल्यो । उहाँले सुखीपुर महोत्सव, पोखरभिण्डा महोत्वस, नाचघर लगायत विभिन्न ठाउँमा आयोजित कार्यक्रममा उहाँ गीत गाउनुभयो । उहाँले दर्शक र स्रोताको वाह वाही लिन थाल्नुभयो । यसले गर्दा उहाँको उत्साह झन बढ्दै गयो ।


जसले पनि उहाँकै तारिफ नै गथ्र्यो । तराई मधेशका छोरी सानुमैया यादवलाई माया गर्नेको सँख्या बढ्दै गयो र साथमा आशिर्वाद पनि प्राप्त हुन थाल्यो । त्यसमा सबभन्दा ठूलो सहयोग उहाँको आमा बुवाको थियो । छोरीलाई जहिले पनि हौसला बढाउने काम उहाँले गर्नुभयो ।

जो मधेशमा धेरै कम पाइन्छ । गीत संगितमा छोरीलाई लगाउन धेरै कम आमाबुवाले हिम्मत गर्नुहुन्छ जसमा शिवकुमारले उदारहरण बन्नुभएको छ । उहाँका दिदी र भाइले पनि राम्रै सहयोग गरिरहेका छन् । अर्थात उहाँकै पूरै परिवारको चाहना छ कि सानुमैया गीत संगितमा केही गरुन् । र, सबैले साथ दिइरहेको छ । गरुदेव कामत भन्नुहुन्छ, सानुमैयामा गीत गायनको अदुभुत क्षमता छ, भविष्यमा यसले पक्कै पनि केही गर्नेछ । गीत संगितको क्षेत्रमा व्यावसायीक रुपमा लागि सकेका कतिपयको स्वर यस्तो छैन ।’


तर, सानुमैयाले पाठशालामा जति पढ्न ध्यान दिनुहुन्छ त्यति ध्यान घरमा दिनुहुन्न भनि गुरुदेव कामतको टिप्पणी छ । घरमा अझै रिहायज गर्नुपर्ने सुझाव गुरुदेव कामतको रहेको छ ।


सानुमैया यादव मात्र गायनमा लागेको होइन । उहाँको परिवारमा उहाँका दिदी पनि गाउनु हुन्थ्यो र गीतको सौखिन उहाँका बुवा पनि हुनुहुन्थ्यो भनि सानुमैया बताउनुहुन्छ । उहाँका दिदी लुना यादव पनि कहिले काही गीत गाउनुहुन्छ । सानुमैयाको बुवा पनि बेलाबेलामा गाउनु हुन्थ्यो तर अहिले त्यति गाउँनु हुन्न । तर, प्रोफेसनली यसमा कसैले लाग्नुभएन । कसैले यस क्षेत्रप्रति वास्ता गर्नुभएन ।


गुरुदेव कामत भन्नुहुन्छ, उहाँका बुवा र दिदी कस्तो गाउनुहुन्छ, थाह छैन । तर सानुमैयाका काका नाटक खेल्नु हुन्थ्यो त्यो कुरा मलाई थाह छ । उहाँ भिलेनको रोल खेल्नु हुन्थ्यो र म हिरोको रोल खेल्थे । सायद त्यसैको असर सानुमैयामा परेको देखिन्छ । सानुमैयामा धेरै सम्भावना छ ।

सानु मैया एउटा आफनै आवजामा गीत पनि रेकर्ड गराउनुभएको छ । गुरुदेव कामतले लेख्नु भएको गीतमा उहाँले आवाज दिनुएको छ । हे यौं सजना मानु कहना...अपने हात से पहिरा दु कगना...बोल गीतमा उहाँले आवाज दिनुभएको छ । यद्यपी यो गीत अहिले बजारमा आएको छैन । उहाँले अरु अरु गीत गाएर भविष्यमा एल्बमको रुपमा ल्याउने सोच रहेको सानुमैयाले बताउनुभयो ।

सानु मैया नेपाल आइडलमा पनि भाग लिनुभएको थियो । फस्ट राउण्ड पास गरेपनि सकेण्ड राउण्डमा गएर उहाँलाई लिएन । उहाँले सेकेन्ड राउण्डमा तिमी आयौ बहार आयो, बाँचि रहेछु भर्खर भन्ने मलाई लाग्यो....बोलको गीत गाउनु भएको थियो तर गीतमा स्वरको वजन पुगेन अझै तयारी गर्नु भनेर जजहरुले रिजेक्ट गर्नुभएको थियो ।

तर, सानुमैयाले म अझै एउटा गीत गाउँछु भनि स्टेजमै भन्नुभयो । अनि उहाँले म मर्ने बेला तिमी चाही आउनु....भनि गीत गाउनु भएको थियो । त्यसमा पनि इनर्जी पुगेन भनि जजहरुले भन्नुभएको थियो । सेकेण्ड राउण्डबाट आउट भएपनि सानुमैयाको साहस आउट भएको छैन । उहाँ आफ्नो लक्ष्यमा आगाडी बढीरहनु भएको छ । प्लस टु गरिसकेका उहाँले सगितमै ब्याचलर र मास्टर्स गर्ने सोचमा हुनुहुन्छ र त्यही अनुसारको तयारीमा लाग्नुभएको छ । सभार– esaharatimes.com
 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६