सुखीपुर नगरपालिकाले माछापालक किसानलाई माछाका भुरा वितरण एक किसानलाई १ हजारको संख्यामा निःशुल्क माछाका भुरा वितरण

  • प्रकाशित मितिः भदौ 28, 2075
  • रोयाण्टर मण्डल
  • 540 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / सुखीपुर नगरपालिकाले माछापालक किसानलाई माछाका भुरा वितरण गरेको छ । एक किसानलाई १ हजारको संख्यामा निःशुल्क माछाका भुरा वितरण गरेको छ । कार्यालयले व्यावसायिक रुपमा माछापालनमा लागेका किसानहरुलाई सहयोग गर्ने उद्देश्यले माछाका भुरा वितरण गरेको हो


कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगेन्द्र यादबले माछाका भुरा किसानहरुलाई वितरण गर्ने कार्यक्रम रहेको भन्दै हालसम्म १ लाख भन्दा बढी भुरा वितरण गरिएको जानकारी दिए । उनले नगरमा पोखरी, ताल, तलैया, तथा कुवामा गरी दुई सय भन्दा बढी पोखरीमा किसानहरुले माछापालन गरेको जानकारी दिए ।


किसानहरु व्यावसायिक रुपमा माछापालन व्यवसायमा लागेको भन्दै ती किसानहरुद्वारा एक सयदेखि पाँच सय वर्गमिटरसम्मका पोखरीमा माछापालन गरिएको छ । पालिएका माछाहरु बिक्रीवितरणका लागि बजारको समस्या नरहेको र यहाँका किसानहरुले पोखरीबाटै प्रतिकिलो तीन सय रुपैयाँसम्म कारोबार गरेको बताउँछन् । सरकारले माछापालन व्यवसायलाई व्यावसायिक रुपमा विकास गर्नका लागि विभिन्न गाउँहरुमा माछाका भुरा निशुल्क बिक्रीवितरण गर्ने गरेका छन् । माछापालनमा आबद्ध रहेका किसान तथा यो व्यवसायमा लाग्न चाहने किसानहरुका लागि सम्बन्धित सुखीपुर नगरपालिकाको कार्यालयले पोखरी निर्माणदेखि माछामा भुराहरु वितरण गरेका छन् ।


प्रत्येक किसानलाई १ हजार माछाका भुराका लागि गजेन्द्र मत्स्य फर्मलाई उपलब्ध गराई दिने सिफरिस दिदै दिईएको किसानहरुले बताए ।
माछापालक किसानहरुको आर्थिक जीवनस्तर उकास्ने, यो पेशामा किसानहरुको सक्रिय सहभागिता गराई मुलुकलाई माछामा आत्मनिर्भर बनाउने र निर्यात गर्ने उद्देश्यले नगरमा फिस मिसन कार्यक्रमहरु समेत सञ्चालनमा ल्याएको सुखीपुर नगरपालिका नगर प्रमुख रामऔतार यादबले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६