मेस्सीको जादु, जुत्ता बिनै मोजाको भरमा गोलका लागि सहयोग

  • प्रकाशित मितिः पुष 10, 2074
  • मधेश स्पेशल
  • 277 पटक पढिएको

पुष, १०, २०७४: यो सिजनको पहिलो एल क्लासिको शनिबार सकिए पनि त्यसको रंग भने अझै केही समय रहनेछ । यो सिजन लिगमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले आफ्नो अपराजित यात्रा २५ खेलमा पुर्‍याउने क्रममा रियल मड्रिडलाई उसकै मैदानमा ३–० ले हरायो ।

यो खेलमा लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्स भिडालले बार्साका लागि गोल गरे । रियलका लागि रोनाल्डोले दुई सुन्दर मौका बनाए पनि गोल गर्न सकेनन् । करिम बेन्जिमको प्रहार बारमा लाग्यो । ह्याण्ड बलका कारण रियलका ड्यानी कारभाहालले रेड कार्ड पाए ।

यी सबै कुराले शनिबारको एल क्लासिको चर्चामा छ । यो खेलको अर्को चर्चित विषय हो, खेलको इन्जुरी समयमा मेस्सीले भिडाललाई गोलका लागि गरेको सहयोग ।

पेनाल्टीमा आफूले गोल गरेका मेस्सीले इन्जुरी समयमा भिडाललाई गोलका लागि सुन्दर सहयोग गरे । तर त्यसबेला मेस्सीको एउटा खुट्टामा बुट (जुत्ता) थिएन, मोजा मात्रै थियो । जुत्ता बिना पनि मेस्सीले गोलका लागि सुन्दर सहयोग गरेर सबैलाई चकित पारे ।

गोलपछि मेस्सी र भिडाल सेलिब्रेट गर्न एकअर्का तर्फ आउँदाको तस्बिरमा मेस्सीको एउटा खुट्टामा जुत्ता नभएको देखिन्छ । उनको एउटा खुट्टामा मोजा मात्रै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६