तरकारी खेती गरेर छोरालाई डाक्टर पढाउँदै छोरा एचए र अर्का छोरा एम.डि.एस पढ्दै

  • प्रकाशित मितिः भदौ 11, 2075
  • 2387 पटक पढिएको

देव नारायण यादब / मधेश स्पेशल

सुखीपुर (सिरहा), ११ भदौ / ‘मैले पढ्न सकिनँ । तर छोराहरूलाई भने उनीहरूले चाहेको जति पढाउँछु’, खेतमा भन्टा, कलैरा टिप्दै गरेको अवस्थामा भेटिएका ५० वर्षीय श्री प्रसाद महतोले भने, ‘छोरा एचए र अर्का छोरा एम.डि.एस पढ्दै छन् । छोराीको कक्षा १२ सम्म अध्ययन गराई विहे गरि दिए ।’
१५ कठ्ठामा तरकारी खेती गरेको छु । घरखर्च सबै कटाएर वार्षिक नौ/दश लाख रुपैयाँ बचत हुन्छ । – श्री प्रसाद महतो ।


किसान सिरहा अनर्मा गाउँपाकिला वडा नम्बर ३ अर्नमाका हुन् । २०३६ सालमा एसएलसी पास गरेर उच्च शिक्षा पढौँ र जागिर गर्न धेरै प्रयास गरे तर गरिबीको कारण न त पढन सके न त जागिर नै पाए उनले देखेको सपना बिचमै असफल भयो । तर आफूले पढ्न नपाए पनि छोराहरूलाई भने उनीहरूले चाहेजति पढाउने र असल नागरिक बनाउने उनको लक्ष्य छ । त्यसका लागि उनी खेतीपातीमा रातदिन लागेर मेहनत गरिरहेका छन् ।


उनले तरकारी खेतीबाटै छोराहरूको अध्ययनका लागि खर्चको जोहो गर्दै आएका छन् । ‘धान र गहुँ रोपेर कुनै फाइदा छैन, एक बिघामा धान लगाउँदा जति आम्दानी हुन्छ त्यति आम्दानी त तीन कठ्ठाको तरकारी खेतीबाट हुन्छ’, महतोले भने, ‘वर्षमा एक बाली मात्रै धान लगाउँछु, बाँकी तीनचार बाली तरकारी खेती गर्छु ।’
तरकारी खेतीकै आम्दानीबाट घरपरिवारको खर्च र छाेराहरूको पढाइको खर्च जोहो भइरहेको उनले बताए । ‘अहिले १० कठ्ठामा भण्टा (बैगन) रोपेको छु, ३ कठ्ठामा कलेेेला, २ कठ्ठामा विकाशे ओल र साग लगाएको छु’, उनले भने, ‘खेतीपातीमा लाग्ने र घरखर्च सबै कटाएर वर्षमा नौ लाख रुपैयाँ बचत हुँदै आएको छ ।’


५ सदस्य रहेको महतोको परिवारमा काम गर्ने मुख्य व्यक्ति र घरमूली उनी नै हुन । दुईजना छोराको पढाइमा वर्षमा ४ देखि ५ लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । ‘भर्खर तीनचार लाख रुपैयाँ तिरेर सानो छोरालाई भारतको बगलौर एम.डि.एसमा भर्ना गरेको छु, बगलौलमा पढ्दै छ’, उनले भने । मेहनत

 

भए र जाँगर चलाउन सके आफ्नै गाउँठाउँमा रोजगारीको प्रशस्त अवसर रहेको उनी बताउँछन् । मेहनत गर्ने हो भने परिवारको छत्रछायाँमै बसेर खेतीपातीबाटै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘विदेशमा गएर १८ घण्टा काम गर्नुको साटो आफ्नै खेतमा चारपाँच घण्टा मात्र काम गर्ने हो भने प्रशस्त कमाउन सकिन्छ, मैले कमाएको छु पनि’, उनले भने ।


श्री प्रसादले गरेको तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको देखेर गाउँका अरू युवाले पनि सिको गर्दै तरकारी खेती गर्न थालेको उनले बताए । ‘अल्छी गरे भने त कही गए पनि कमाउन सकिँदैन, तर मेहनत गर्याे र जाँगर चलायो भने आफ्नै खेतमा सुन फलाउन सकिन्छ’, उनले भने, ‘खेतमा उत्पादन हुने तरकारी म आफै बजारमा लगेर बेच्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६