भाई बहिनी प्रेम प्रतिक रक्षा बन्धन पर्व मनाउदै, सुखीपुरका मिठाई पसलहरुमा घुइँचो शिव मन्दिरहरुमा पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो

  • प्रकाशित मितिः भदौ 10, 2075
  • रोयाण्टर मण्डल
  • 444 पटक पढिएको

रोयाण्टर मण्डल


सुखीपुर (सिरहा) / भाई बहिनी प्रेम प्रतिक रक्षा बन्धन पर्वले आज (आईतवार) बिहानी देखि मिथिलाभरका राखी (रक्षाबन्धन नामक धागा ) पसल र मिठाई पसलमा ग्राहकहरुको घुइँचो लागेको छ ।
रातीभर विभिन्न प्रकारको रंगीचन्गी मिठाई बनाउन रातभरी मिठाई पसलका संचालकहरु जाग्राम भएर मिठाई बनाए तर एका विहानै देखि मिठाई खरिद गर्ने ग्राहकहरुको भिडले भ्याई नभ्याई छ ।
आफू हिजो पानी परेपछि मिठाई त्यति विक्री हुदैन साचेको थिए डराई डराई मिठाईमा लगानी लगाए तर ग्राहकको चाप देखेर खुशी भएको छु । मिठाई विक्रीको साथ साथ आम्दानी पनि बढी हुने भएकोले काम अनुसारको प्रतिफल पाएको सुखीपुर नगरपालिका ८ स्थित उपेन्द्र मिठाई पसलका संचालक सुरेन्द्र साहले बताउनुभयो ।
उपेन्द्र मिठाई पसल मात्रै होईन, मिलन होटल , रामपृत होटल, दिलिप होटल, गंगाई होटल लगायत मिथिलाभरका मिठाई पसलमा मिठाई खरिद गर्ने ग्राहकहरुको भिड बढेका छन् । मिठाई पसल मात्रै होईन राखी (रक्षाबन्धन नामक धागा ) पसलमा समेत यही प्रकारको भिड रहेको छ ।


त्यसैगरी, सुखीपुर वडा नम्बर ३ का पण्डित भोगि झाका अनुसार– हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक धागो बाँधि आज रक्षाबन्धन पर्व मनाइँदै छ । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रहृमासूत्र’ अर्थात ज्ञानको धागो पनि भनिन्छ । दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।


यस उपलक्ष्यमा  आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूणिर्मा’ पनि भन्ने गरिन्छ ।


आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ ।
आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेको क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
आज सिरहाको महादेव मंठ बनियाँ, सरस्वर नाथ, शिव मन्दिर छजना, विद्यानगर, लहानको शिव मन्दिर लगायतको शिव मन्दिरहरुमा पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६