महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट सिरहामा दूई बलात्कारको घटना, आरोपित फरार

  • प्रकाशित मितिः भदौ 9, 2075
  • दिनेश्वर प्रसाद गुप्ता
  • 1016 पटक पढिएको

दिनेश्वर प्रसाद गुप्ता

लहान /  सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो ।

मध्य राती सुतिरहेको अवस्थामा यादवले पीडित महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट समेत गरेको पीडितपक्षले बताएका छन् । पीडितपक्षले न्यायको लागि ईलाका प्रहरीमा उजुरी दिंदा पहिलो पटक फिर्ता गरेको थियो । प्रहरीलाई चौतर्फी दवाव परेपछि भदौ ८ गते मात्र उजुरी दर्ता गरिएको छ ।

बलात्कारको आरोपितलाई पतारी प्रहरीले पक्राउ नगर्दा स्थानीयवासी आक्रोशित भएका छन् । उता, नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान ३ अस्पताल चौक स्थित मां तारा लांजमा एक महिला बलात्कारको सिकार भएकी हुन । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाएको छ । बलात्कारपछि महिलालाई लांजमै छाडेर घटनामा संलग्न दोषी भागेका छन् । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगतै घटनास्थल पु्गेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुरयाएको छ । घटना विहीवार भएको हो ।

पश्चिमको बलात्कारको घटना नसेलाउंदै सिरहामा यो बलात्कारको क्रम रोकिएको छैन । सिरहा सप्तरीमा प्रत्येक दूई दिनमा एक बलात्कारको घटना सार्वजनिक हुने गरेको छ । बलात्कारीलाई राजनीतिक दलका प्रतिनिधिहरुले संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६