दैलेखका राउटेले पहिलोपटक समयमै भत्ता पाए

  • प्रकाशित मितिः भदौ 6, 2075
  • मधेश स्पेशल
  • 156 पटक पढिएको

दैलेख/ राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् ।

गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो ।

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उनले भने ।

फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले जानकारी दिए ।

“सरकारलाई धन्यवाद छ, हामीले मासिक भत्ता पाउन थाल्यौँ,” राउटे मुखिया सूर्यनारायण शाहीले भने, “अब मेरा जनता खुशी हुने भए ।” खानेकुराको जोहो गर्न खर्च नहुँदा उधारोमा काम चलाएको उनले सुनाए । “यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ,” शाहीको भनार्इ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६