चुक्कुल नभएको सार्वजनिक शौचालय

  • प्रकाशित मितिः भदौ 5, 2075
  • कुशल लिम्बु
  • 127 पटक पढिएको

धरान/ नेपाल कै सुन्दर र सफा शहरको नाममा चर्चामा रहने धरान पछिल्लो समय प्रदेश १ को राजधानी बनाउने मागले पनि चर्चामा रहँदै आएको छ । धरानको धेरै विशेषताका कारण प्रदेशको स्मार्ट सिटिको रुपमा विकास गर्ने प्रतिबद्धता मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राइले समेत धरानको एक कार्यक्रममा व्यक्त गरेका छन् । धरान बाहिर सबैको कुराकानीमा प्रशंसा मात्र पाउने शहर धरान पहिलो पटक घुम्न आउने सर्वसाधारणले बसबाट ओर्लने वित्तिकै पहिलो अनुभव कस्तो गर्लान भन्ने बारेमा भने कसैको ध्यान पुगेको देखिन्न ।

परिचयको बर्णन गरेर नटुङगिने धरानको बारेमा ध्यान नपुगेको बिडम्बना बनेको छ शहरको केन्द्र बिन्दु बसपार्क, भानु चोकैमा रहेको सार्वजनिक शौचालय । २०५१ साल तिरै बनेको यो शौचालय यति वेला जिर्ण, अव्यावस्थित र दुर्ग्न्धित बनेको छ । शौचालयमा यति वेला छोटो समय लाग्ने भएकोले पिसाव सम्म गर्न सकिने तर दिसाका लागी केही समय लाग्ने हुँदा दर्गन्धले बस्न सक्ने अवस्था नभएको देखिन्छ । शौचालयमा जडित धारामा पानी आउदैन, धाराको टुटि मात्र छ । वाहिर हिलटेंकको प्लाष्टिक टंकी राखिए पनि त्यस्मा सहज तरिकाले पानी निकाल्न सकिन्न । शौचालय भित्रको ढोकाको चुक्कुल लाग्नदैनन । कतिको ढोका नै छैनन । केही सरसफाई गरिए पनि जिर्ण वन्दै गएको भौतिक संरचनाका कारण प्रयोगकर्ताले सहजता महशुस गर्न सक्दैनन् । वरिपरि फिरन्ते, घुमन्ते तथा वेसाहारा मान्छेहरूको पनि बाक्लै भीड देखिन्छ । उनिहरू शौचालय भित्र, वाहिर, छड, छाना, डिल तथा प्वालहरूमा केही अराजक गतिविधिहरूमा संलग्न भएको पनि देखिन्छ । यसरी जुनसुकै कोणवाट हेरिए पनि धरान भानुचोकमा अवस्थित सार्वजानिक शौचालय यति वेला अस्तव्यास्त नै देखिन्छ । यस्तो अवस्था देख्दा धरान पहिलो पटक आउने सर्वसाधारणले प्रश्न गर्न सक्छन्, के सुन्दर सफा राजधानी बन्न सक्ने धरानको व्यवस्था यस्तै हो ?

सुविधा बिहीन केवल शुल्क असुलिको माध्यम बनेको सार्वजनिक शौचाल २०७३ सालमा नगरपालिकाले वार्षिक १३ लाख ५० हजार लिने सहमति गरेर सबिता तामाङको नाममा ठेक्कामा दिएको छ । अहिले सम्म उनि नै ठेकेदार छिन् । हालसम्म ठेक्का वापतको दस्तुर तिर्दै आएपनि आर्थिक वर्ष २०७५÷७६ देखि नयाँ नीति आएकोले वार्षिक १५ लाख ६० हजार उपमहानगरपालिकालाई बुझाउनु पर्ने जानकारी आईसकेको ठेकेदार तामाङले बताइन् । यसलाई ब्यावस्थित बनाउनका लागि नयाँ शौचालय बनाउने परिकल्पना पनि धरान उपमहानगरपालिकाले नगरेको भने होइन । तर भारत बिराटनगर हुँदै किमाथांका जोड्ने ६ लेनको सडक धरान बजारको बीच बाटो हुँदै जाने कि वाइ पास भएर जाने अन्योल रहेकोले यसले प्राथमिकता पाउन नसकेको धरान वडा २ का अध्यक्ष माधब गोबिन्द श्रेष्ठ बताउछन । यदि धरान बजारको करिव ६ किलोमिटर सडक धरानको मुख्य बजार हुँदै गएमा यस शौचालय स्वत भत्किने भएकोले अहिले नै त्यही ठाँउमा नयाँ बनाई हाल्नु पर्ने अवस्था नरहेको अध्यक्ष श्रेष्ठको भनाई छ । शौचालय लाई मर्मत सम्भार गरेर केही समयको लागी प्रयोगमा ल्याउन मात्र सकिने बताउछन धरान उपमहानगरपालिकाको वडा २ का वडासदस्य डिबि तामाङ । अलि पुरानो संरचना भएका कारणले जिर्ण अवस्थामा पुगेकोले यो आर्थिक वर्ष २०७५्÷७६ मा मर्मत सम्भारका लागी १ लाख रकम छुट्याएको उनले बताए । यसलाई तत्काल हटाइए धरानको केन्द्रविन्दु अस्तब्यस्तसँगै दुर्ग्न्धित बन्ने र यात्रुलाई असहज तथा गाह्रो हुने भएकोले पनि नयाँ नबनेसम्म मर्मत गर्नै पर्ने अवस्था रहेको सदस्य तामाङ बताउँछन् ।

पर्याटकिय शहरको रुपमा प्रचार गरिदैं आएका धरानमा दैनिक हजारौं आन्तरिक तथा वाह्य आगन्तुकहरु आउने गर्दछन् । पछिल्लाो समय प्रदेश १ कै पर्याटन केन्द्रको रुपमा गतिविधि बढाउन पर्यटन बोर्डले समेत धरानमा टुरिज्म मार्ट आयोजना गरिसकेको छ । यस्तो संम्भावना बोकेको धरानको केन्द्रविन्दुमा रहेको सार्वजनिक शौचालय अस्तव्यास्त, फोहोर र दुर्गन्धले आगन्तुकहरु लाई पक्कै पनि शुखद अनुभव गराइरहेको छैन् । भानुचौक भएर पैदल तलमाथी गर्ने स्थानीयवासीले नै नाक छोपेर हिड्नु पर्ने बध्यता छ । वार्षिक रूपमा मोटो रकम असुल गर्ने तर शहर कै नाक खुम्च्याउने सार्वजनिक शौचालयका बारेमा धरान उपमहानगरपालिकाले ध्यान दिएको भने देखिन्न । शहरको इज्जत राख्नका लागि पनि यो शोचालयको व्यावस्थापन बारे सरोकारवालाको छिट्टै ध्यान जान जरूरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६