हल्का मायाँ के माया बोलको गीत निकै हिट भए लगत्तै मालिकाको दोस्रो गीत सार्वजनिक (भिडियाे सहित)

  • प्रकाशित मितिः भदौ 5, 2075
  • मधेश स्पेशल
  • 135 पटक पढिएको

काठमाडौँ/ चर्चित नायिका तथा निर्देशक रेखा थापाको निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ ।’सर सर हावा बहन्छ कता हो’ बोलको गीत सोमबार युटुब मार्फत सार्वजनिक गरिएको हो ।’हल्का मायाँ के माया ‘ बोलको गीत निकै हिट भए लगत्तै रेखाले नयाँ गीत सार्वजनिक गरेकी हुन् । आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।

आस्था राउतको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमला ओली फिचरिङ छन् ।यसअघि मालिकाको पहिलो गीत हल्का माया के लाउने, गाढा लाउने हो सार्वजनिक भइसकेको छ । कार्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई नायिका रेखा आफैले निर्देशन गरेकी हुन् । आफ्नो पहिलो फिल्म खेलिरहेकी कमला यो गीतमा एक खेलाडिको रुपमा देखाएकी छन् ।

खास गरी छोरी चेलीको आजको अवस्थालाई चित्रण गर्ने यो गीतले सबै प्रकारका असमानता, बिभेद र आक्रमण बिरुद्दको आवाज हुने अभिनेत्री तथा निर्देशक रेखा थापाले वताईन् । फिल्म बालविवाह न्यूनीकरणसम्बन्धी रहेको छ ।

चलचित्रको छायांकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँके लगायतका क्षेत्रमा गरिएको छ । शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा नरबहादुर कार्कीको कथा रहेको छ । सरस्वती थापा र तारा थापा पनि चलचित्रका निर्माता हुन् ।‘रेखा फिल्म’को ब्यानरमा निर्माण भएको चलचित्रमा नरबहादुर कार्कीको लगानी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कानुन हातमा लिने परिपाटी २ नम्बर प्रदेशमा शुरु

काठमाडौं । राजनीतिक विश्लेषक डा. राजेश अहिराजले प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप हुन

कुन बाटो आउँछ सुन ?, खाडीबाट सिरहा हुँदै भारतसम्म तस्करीको तरिका

शम्भु यादव सिरहा / शनिबार सिरहामा पोने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जनालाई सशस्त्र प्रहरीले पक्रा

रैथाने चराचुरुंगीको संरक्षण अभाब

डि.एन. यादबसिरहा / सिरहाको लहान नगरपालिका वडा नम्बर १८ भदैया स्थित खुदिभखारी मन्दिरको वन क्षेत्रमा वर्षैा

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६