पूर्वाञ्चलकै बृहद् क्याम्ब्रिज अष्ट्रेलियन शैक्षिक मेला हुँदै

  • प्रकाशित मितिः श्रावण 29, 2075
  • मधेश स्पेशल
  • 152 पटक पढिएको

काठमाडौं / क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले पूर्वाञ्चलकै बृहद शैक्षिक मेला गर्ने भएको छ । आउँदो भाद्र १ गतेबाट क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।

अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्ने सोच बनाएका विद्यार्थी र अभिभाबकलाई विज्ञहरुद्वारा शैक्षिक परामर्श दिनका लागि शैक्षिक मेलाको आयोजना गरिने भएको हो । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार भाद्र १ गते विर्तामोड २ गते दमक र भाद्र ३ गते इटहरीमा शैक्षिक मेला आयोजना हुनेछ ।

शैक्षिक मेलामा अष्ट्रेलियाका १५ उत्कृष्ट विश्वविद्यालय र कलेजको सहभागिता रहनेछ । उक्त शैक्षिक मेलामा विद्यार्थी अभिभावकले अष्ट्रेलियाको शिक्षा प्रणाली, उत्कृष्ट विश्वविद्यालय तथा कलेजको विस्तृत जानकारी पाउने छन् । यसका अलावा स्कलरशिप, लागत र भिजा प्रक्रिया, IELTS परीक्षाका बारेमा मान्यताप्राप्त शैक्षिक परामर्शदाता र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिले करियर काउन्सेलिङ गर्नेछन् ।

क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाले यो शैक्षिक मेला पूर्वाञ्चलकै बृहद शैक्षिक मेला हुने बताए । ‘शैक्षिक मेला भन्ने वित्तिकै विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने भन्ने सोच छ, यो शैक्षिक मेलामा भने विद्यार्थीको करियर डेभलपमेण्टका विषयमा केन्द्रित हुने भएकोले विगतको शैक्षिक मेलाभन्दा उत्कृष्ट र फरक हुनेछ ।’ उनले भने ।

शैक्षिक मेलामा युवा मोटिभेसनल स्पीकर रोहित मल्लको समेत सहभागिता हुने भएकोले विद्यार्थीलाई अझ लाभदायक रहेको छ । मल्लले विद्यार्थीलाई जिवनमा कसरी सफल हुने, संघर्षमा कसरी अगाडी बढ्ने विषयमा आफ्नो प्रस्तुति समेत दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६