सुखीपुर नगरका सात उत्कृर्षित विद्यार्थीलाई सम्मान सुखीपुर नगरका सात उत्कृर्षित विद्यार्थीलाई सम्मान

  • प्रकाशित मितिः श्रावण 20, 2075
  • रोयाण्टर मण्डल
  • 767 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, २० साउन / राम लखन मेमोरियल ट्रष्ट सुखीपुरले एसईई परिक्षा २०७४ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
सुखीपुर नगरका सबभन्दा बढी जी.पी.ए ल्याएका एकै स्कुलका सात विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी २ नम्बर प्रदेश सभाका सदस्य नरेश कुमारले आफु पनि सोही विद्यालयमा पढेकोले आफनै विद्यालयका नगरभरमा सात वटा विद्यार्थीहरु उत्कृर्षित मार्क ल्याएकोले खुशी हुदै विद्यार्थीहरुलाई आफ्नो उज्वल भविष्यको निम्ती आफैले वुझेर विषय रोजेर अध्ययन गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
जीवनको ठूलो कुरा कुन चिज हो भन्ने कुरालाई मनन गर्दै अगाडि बढ्यो भने सफल र असल बन्न सकिने उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरमा उत्कृष्ट नम्वर ३.६५ जी.पी.ए ल्याएर नगर प्रथम भएका श्री जनता उच्च माध्यमिक विद्यालय सुखीपुर १ मोहनपुर कमलपुरका पुष्कर कुमार यादबलाई उत्कृष्ट सम्मान गरेको थियो । यसैगरी गरी सोही विद्यालयका , अभिशेक कुमार यादब (३.६० जी.पी.ए ), सुरक्षा कुमारी यादब (३.५५ जी.पी.ए) , विजय कुमार सिंह (३.५० जी.पी.ए), काजल कुमारी यादब ( ३.४५ जी.पी.ए), प्रतिभा कुमारी यादब ( ३. ३५ जी.पी.ए ) र चन्द्रिका कुमारी यादब (३.३४ जी.पी.ए ) लाई सम्मान गरिएका छन् ।

रामलखन मेमोरियल ट्रष्ट सुखीपुर ७ सिरहाले दोस्रो स्मृति सभामा हरि नरायण यादब, राम चरित्र ठाकुर, राम रिझन यादब राम दयाल यादब, रामप्रताप यादब, मुक्ति यादब, हरि नरायण यादब, वि.नि. राम लखन मण्डल, पुष्कर यादब, पूर्व सभासद किरण राय यादब, विपि भुवन यादब लगायतका वक्ताहरुले स्वर्गीय राम लखन यादबको योग्दानको बारेमा बोल्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष रामजनम यादब र उदघोषण श्याम कुमार यादबले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६