आफूले चलाएको सवारीबाट सामान चोरिएपछि जेल २८ महिने जेल जीवनबाट मुक्त हुँदै प्रेमबहादुर

  • प्रकाशित मितिः श्रावण 19, 2075
  • नमीन ढकाल
  • 17 पटक पढिएको

इलाम/ २८ महिनादेखि साउदी अरबमा जेल जीवन बिताइरहेका माई–४ शुक्रबारेका प्रेमबहादुर राई (राजु) रिहा हुने भएका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास मार्फत् कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई नेपाल फर्कने भएका हुन् । उनले चलाएको लरीले बोकेको केवल तार चोरी भएपछि सो बापतको क्षतिपूर्ति ३ लाख १० हजार रियाल (नेपाली ९५ लाख रुपैयाँ) भुक्तान नगरी नेपाल फर्कन नदिने अडान राखेर कम्पनीले मुद्दा हालेपछि उनी साउदी जेलमा कष्टकर जीवन बिताइरहेका थिए ।

रियादस्थित नेपाली राजदूतावासको समन्वय र प्रेमको रिहाइको लागि रियादस्थित सहयोगीको सक्रियतामा बिगो रकम साउदी रियाल १ लाख ५० हजार (नेपाली रुपैयाँ ४३ लाख ३ हजार ५ सय) बुझाइएको प्रेम बचाआँैं अभियान मूल समितिका संयोजक चन्द्र कुलुङ राईले जानकारी दिए ।

प्रेम साउन २० गते (५ अगष्ट) आइतबार बिहान साउदी अरबको समयअनुसार ६ बजे दिल्ली हुँदै नेपाल फर्कने कुलुङले जानकारी दिए । ‘प्रेम बचाऔँ’ अभियानका लागि देश विदेशमा समिति एवम् उपसमिति बनाएर सहयोग रकम संकलन गरिएको थियो । प्रेमको रिहाइपछि बाँकी रहेको अन्य रकम विपतमा परेकालाई सहयोग गरिने भएको छ ।

कुलुङले भने, ‘प्रेमलाई सकुशल घर फर्काएपछि बाँकी रहेको रकम प्रेमजस्तै वैदेशिक रोजगारमा गई आपतविपतमा परेकालाई सहयोग गर्नमा प्रयोग गर्ने निर्णय समितिको कार्यविधिमा नै स्पष्ट गरिएको छ । बाँकी रहेको रकम हामी पत्रकार सम्मलेन गरेर नै सार्वजनिक गर्नेछौँ ।’ प्रेमको रिहाइको लागि साउदीस्थित नेपाली राजदूत महेन्द्रसिंह राजपुतले अल सहलावी होल्डिङ कम्पनीका मालिकलाई भेटेर रिहाइ गरिदिन माग गरेका थिए ।

श्रीमान् चाँडै फर्किने भएपछि खुशी लागेको श्रीमती सरिता राईले बताइन् । उनले भनिन्, ‘आर्थिक र मिडियाको सहयोगले प्रेम फर्किने हुनुभएको छ । शुरुशुरुमा दूतावास र सरकारबाट पहल नहुँदा फर्किनुहुन्न कि भन्ने लागेको थियो । तर अहिले भने सबैको सहयोग पाइयो ।’

प्रेमको रिहाइको लागि २०७३ असारबाट नै पहल थालिएको थियो । तर बिगो रकम नबुझाई रिहाइ नहुने भएपछि प्रेम बचाऔँ अभियान समिति बनाएर १ वर्षअघिबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न शुरु गरिएको थियो ।

यसरी पुगेका थिए साउदी जेलमा
सन् २०१२ जुन १२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडांैबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रूपमा उनी साउदी गएका थिए । सन् २०१५ सेप्टेम्बर ४ मा घर आई २०१६ जनवरी १ मा दिन उनी सोही कम्पनीमा कामका लागि गएका थिए ।

२०१६ मार्च ३१ का दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथी भेट्न गएका थिए । साथी भेटेर फर्किँदै गर्दा पार्किङ गरेको ठाउँमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराएका थिए । गाडी हराएको २ दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमी टाढा रोमा भन्ने स्थानमा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा मुद्दा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिई पुनः मुद्दा हालेर ३ लाख १० हजार रियाल (नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपूर्ति बुझाउन नसक्दा उनी २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६