कुइनेटार पर्यटक बढे

  • प्रकाशित मितिः श्रावण 19, 2075
  • उत्तम पोख्रेल
  • 57 पटक पढिएको

बेलबारी/ मोरङ र ईलामको कुइनेटार पर्यटकिय क्षेत्रका रुपमा बिकास हुन थालेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका र दक्षिणी इलामको चुलाचुली गाउँपालिका जोड्ने कुइनेटारमा झोलुङ्गे पुल बनेपछि उत्त क्षेत्र अहिले नयाँ पर्यटकिय क्षेत्रका रुपमा बिकास भइरहेको छ ।

आन्तरीका मात्रै नभई बाह्य पर्यटक समेत उत्त क्षेत्रमा आउन थालेका छन । झापा, मोरङ, सुनसरी र इलामका गरी दैनिक सयौंको सङ्ख्यामा स्थानीय तथा बाह्य पर्यटक आउने गरेको स्थानिय गङ्गाराम आचार्यले बताए ।

भारतको दार्जेलिङ मिरिक देखी समेत पर्यटक आउने गरेको उनले बताए । गर्मीको समयमा स्थानीय नुनसरी खोलामा पौडी खेल्न, झोलुङ्गे पुलमा सेल्फी तथा फोटो खिच्नेहरूको भिड लाग्न थालेको छ । सधैभरी जसोनै चिसो मौसम हुने उत्त क्षेत्र गर्मीको समयमा बढि पर्यटक आउने गरेको मधुमल्ला खानेपानी आयोजनाका अध्यक्ष बालकुमार भण्डारीले बताए ।

चारैतर्फ पहाड, मनोरम झर्ना र राजारानीका मूर्ती, बुद्धटार यहाँका विशेषता हुन् । दश बर्षे जनयुद्धका बेला २०५८ मा राजा वीरेन्द्रको वंश विनास भएसँगै कुइनेटारमा राजारानीको प्रतिमा फेला परेको जनविश्वास अहिले सम्म रहि आएको छ । सोही स्थानमा शान्तिका दूत गौतम बुद्धले शान्तिको आह्वान गरेको र सो स्थानबाट केही उत्तरतर्फ पर्ने ठाउँको नाम बुद्धटार रहेको स्थानीय वासिन्दाहरु बताउ छन ।

गौतम शान्तिको आह्वान गरेको ठाउका रुपमा परिचित रहेकाले हेर्नेको भिड लाग्ने गरेको स्थानिय साहित्यकार रुद्र भन्डारी बताउँछन् ।कुइनेटारको पर्यटन प्रवद्र्धन गर्नका लागी होमस्टेको अबधारणा समेत ल्याईएको छ । मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरीलाई समेत पदयात्रा र होमस्टेको रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष गौरी राईले बताए ।

चुलाचुली गाउँपालिकाले समेत सो स्थानलाई गुरु योजना बनाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउने योजना रहेको चुलाचुली गाउँपालिका–६ का वडाध्यक्ष हेमन्त राईले बताए ।

इलामको चुलाचुली गाउँपालिका –६ मा पर्ने सिस्ने डाँडाबाट मिक्लाजुङ–२ मा पर्ने चिलाउने टारसम्म झोलुङ्गे पुलको निर्माण गरी यो स्थानबाट बञ्जीजम्प गर्ने स्थानको रूपमा विकास गर्न सकिने सम्भावना समेत रहको स्थानिय वासिन्दा बताउ छन ।

कुइनेटार पूर्व पश्चिम राजमार्गमा पर्ने उर्लाबारीबाट करीब ८ किमी उत्तरमा मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला पुगिन्छ ।

मधुमल्लाबाट करीब ६ किमी उत्तरमा कुइनेटार अवस्थित छ । मोटरसाइकल, टेम्पो, बसलगायतका सवारी साधनबाट कुइनेटार पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६