लहानमा सीटि सफारी चालकहरु आफैं नियममा बाँधिएर लामबद्ध

  • प्रकाशित मितिः पुष ९, २०७४
  • 259 पटक पढिएको
  • मधेश स्पेशल

आइतबार ०९, पुष, लहान: इलेक्ट्रोनिक रिक्सा मुख्य राजमार्गबाट हटाउन अभियान थालेपपछि लहानमा भने सिटी सफारी व्यवस्थित रुपमा देखिएका छन् । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको सो अभियान शुरु भएपछिे सिटी सफारी चालक संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले व्यवस्थित रुपमा सञ्चालन गर्न थालेका हुन् ।

अहिले लहानमा सीटि सफारी चालकहरु आफैं नियममा बाँधिएर लामबद्ध भएर यात्रु कुरिरहेको पाइएको छ । लाइनमा बसेका सफारीमध्ये पहिलोले सबै यात्रु बोक्ने गरी लाइन लाग्ने व्यवस्था लागू गरिएको सिटी सफारी संघका अध्यक्षले बताए ।

उनका अनुसार यसो गर्दा व्यस्त सडकमा यत्रतत्र सफारी नहुने र ठूला सवारी तथा पैदल यात्रीलाई पनि अवरोध हुँदैन । सफारीले दुर्घटना बढाएको र धेरै चालकहरुसँग अनुमतिपत्र पनि नभएको निष्कर्ष निकाल्दै इटहरीमा सिटी सफारीलाई मुख्य सडकमा चल्न नदिन निर्णय भएको थियो । यस्तो निर्णय भएपछि सिरहाको लहानमा सफारी चालकले स्वनियम बनाएका हुन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved