गायक लाक्पा शेर्पाकाे नयाँ म्यूजिक भिडियाे “ङ्याकी सेम्ला ” सार्वजनिक

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 46 पटक पढिएको
  • मधेश स्पेशल

शनिबार ०८, पुष २०७४, काठमाडौं: गायक लाक्पा शेर्पा (अमाेद) काे नयाँ म्यूज़िक भिडियाे “ङ्याकी सेम्ला ” सार्वजनिक गरिएकाे छ । आईतबार युट्युव मार्फत म्यूजिक भिडियाे दर्शकहरू माझ लन्च गरिएकाे छ । “मायालु” एल्बममा रहेकाे गीत “ङ्याकी सेम्ला” अडियाे बर्सनलाई म्यूजिक भिडियाे बनाएकाे हाे । शेर्पा भाषामा रहेकाे उक्त भिडियाेका गीत शेर्पाहरूकाे आफ्नाे पहिचान संग जाेडिएका कहिल्यै बिर्सन नसकिने संस्कृति र संस्कारकाे महत्वहरूकाे भावलाई समेटिएकाे छ ।

काठमाडौकाे वरिपरिकाे परिदृश्यहरूलाई कैद गरि छायाकन गरिएकाे भिडियाेकाे निर्देशक छिरिड॰ डाेल्मा शेर्पा रहेकाे छ । त्यसै गरी कलाकारहरूमा पेम्बा शेर्पा , तेन्जिङ शेर्पा, ल्हाक्पा शेर्पा, पेमा शेर्पा र याङजी शेर्पाले नृत्य गरेकाे छन् । साेनम शेर्पाकाे संगीतमा शब्द र स्वर गायक आफ्नै रहेकाे बताउदै गायक शेर्पाले आफुले अभिनय गरेकाे अन्य म्युजिक भिडियाे भन्दा छुट्टै शैलीमा अाफ्नै भाषा, सस्कार र संस्कृतिलाई म्युजिक भिडियाेमा चित्रण गरिएकाे बताएका छन् ।

दाेलखाकाे जिरीमा जन्मेका गायक लाक्पा शेर्पाले नादिङ,सेलाे र अन्य गीत गरी १५ भन्दा बढी गीतहरूमा स्वर दिएका छन् । शेर्पा समुदाय भित्रकाे ख्याति प्राप्त गायक लाक्पा शेर्पा देश विदेसकाे विभिन्न कार्यक्रमहरूमा दर्शकहरू मन जित्न सफल कलाकारकाे रूपमा चिनिन्छ । ‌‍

अहिले स्राेता र दर्शकहरूमा नया गीतहरू पस्काउन व्यस्त गायक शेर्पाले थप एल्बमहरू चाडै बजारमा ल्याउने च्योमोलेङ्मो डटकम सग कुराकानी गर्नुहुदै स्राेता र दर्शकहरूकाे माया र साथले गायनमा क्षेत्रमा थप उत्साह मिलेकाे बताउनु भएकाे छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved