सिके राउतको भुमिका अधारित मैथिली फिल्म मधेशी पुत्र २ मा सेन्सर बोर्डको रोक (पत्र सहित)

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 564 पटक पढिएको
  • मधेश स्पेशल

पुष ७, काठमाडौं: मधेशी जनताको हक अधिकार र आन्दोलन माथि निमार्ण भएको राजनीतिक घटनाक्रममा अधारित चलचित्र मधेशी पुत्र २ लाई केन्द्रिय चलचित्र जाँच समितिले रोक लगाएका छन् । पुस ५ गते समितिले मधेशी पुत्र २ को जाँच गर्ने क्रममा सो चलचित्र माथि रोक लगाएका हुन ।

समितिले चलचित्रका केही सम्वादलाई म्युट गर्नु पर्ने, टाउकोमा हानिएको गोलिलाई ब्लुर गर्नु पर्ने र सिके राउत भन्ने पात्रको भुमिका र प्रसंग पूर्ण रुपमा हटाउनु पर्ने निर्देशन जारी गर्दै पुनः जाँचका लागि पेश गर्न निर्देशन दिएका छन् ।

यस अघि नेपाली चलचित्र भैरवमा मधेशी नेता तथा समुदायलाई होच्चयाउने सम्बाद हुँदा पनि केन्द्रिय चलचित्र जाँच समिति कुनै रोकटोक नगरी चलाउन निर्देशन दिएका थिए । मधेशी पुत्र २ लाई सिके राउतको पात्र हटाउनु पर्ने कारण उल्लेख नभएको पत्रमा फिल्म निर्माता कम्पनीले मधेशी भएकै कारण जाँच समितिले चलचित्रलाई रोक लगाएको दाबी रहेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved