'क्याप्टेन'मा यी हुन अनमोलकी नयाँ हिरोइन !

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 75 पटक पढिएको
  • मधेश स्पेशल

शनिबार ०८, पुष २०७४, काठमाडौं: नायक अनमोल कसी अभिनित नयाँ चलचित्र 'क्याप्टेन'मा नायिका फाइनल भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा अनमोलसँग नव नायिका उपासना सिंह ठकुरीले रोमान्स गर्ने भएका छन् । निर्माण पक्षले विकास बोर्डमा अनमोल र उपासनाको नाम राख्दै चलचित्र दर्ता गरेको छ ।

अनमोलको होम प्रोडक्सन सुपर काजोल फिल्म्सबाट अभिनेता भुवन केसीले निर्माण गर्न लागेको चलचित्रमा अनमोल फुटबल प्लेयरको भूमिका देखिन्दै छन् । सामिप्यराज तिमल्सिनाको लेखन रहेको चलचित्रको छायाङ्कन फागुनको तेस्रो साताबाट हुने चर्चा छ । अनमोल अभिनित चलचित्र ‘कृ’ माघको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ। सिनेपाटी


Copyright © 2017 - Madheshspecial.com All rights reserved