​११ खेलाडीमाथि आजीवन प्रतिबन्ध

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 42 पटक पढिएको
  • मधेश स्पेशल

शनिबार ०८, पुष २०७४: रुसका ११ जना खेलाडीले जीवनभर ओलम्पिक खेलमा सहभागी हुन नपाउने भएका छन् । उनीहरुलाई अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आजीवन प्रतिबन्ध लगाएको हो ।

सन् २०१४ मा सोचीमा भएको विन्टर (शीतकालीन) खेलमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेकोमा दोषी पाइएका ११ रुसी खेलाडीमाथि प्रतिबन्ध लागेका बताइएको छ । प्रतिबन्ध लाग्नेमा रजत पदक विजेता लुगेर्स तात्याना इभानोभा र अलबर्ट डेमचेन्कोसहितका खेलाडी रहेका छन् ।

आइओसीले यो महिनाको सुरुमा रुसलाई आउँदो वर्ष हुने शीतकालीन ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गएको वर्ष रियो दि जेनेरियोमा भएको ग्रिष्मकालीन ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसले शीतकालीन ओलम्पिक पनि खेल्न नपाउने भएको छ ।स्पतालमा उपचार भइरहेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved