मिस नेपालको धरानमा अडिसन

  • प्रकाशित मितिः माघ २७, २०७४
  • 164 पटक पढिएको
  • मधेश स्पेशल

माघ २७, २०७४ / धरान: धरान र नेपालकै प्रतिष्ठित सौन्द्र्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन सम्पन्न गरिएको छ । ५।४ इन्च , प्लस २ पास र १९ देखि २५ बर्ष उमेर पुगेका युवतीहरुले भाग लिन पाउने मिस नेपालको धरान अडिसनका लागि ४ जना अडिसनमा सहभागी थिए ।

नेपालगंज, बिरगंज ,पोखरा,बुटवल , नेपालगंज ,धनगढीमा समेत अडिसन सकिसकेको मिस नेपालको बिर्तामोड अडिसन आगामी फाल्गुन १ गते हुनेछ भने फाल्गुन ५ गते काठमाण्डौमा अन्तिम अडिसन हुनेछ ।

धरान अडिसनमा अनुपमा बास्तोला ,सन्ध्या भेटवाल , सुम्निमा खापुंग र अनु ढुंगाना सहभागी भएकोमा अनु ढुंगाना मिस पुर्वान्चल २०१७ कि सेकेन्ड रनरअप भएकोले डाइरेक्ट इन्ट्री दिइएको छ भने अन्यलाई काठमाण्डौ अडिसन सम्पन्न गरेपछि प्रस्तुति तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाको लागि सहभागी गराईनेछ आयोजक हिडेन ट्रेजरर्को निर्देशक अजय स्थापितले बताउनुभयो ।

आगामी चैत्र २८ गते काठमाण्डौमा भब्यरुपमा मिस नेपालको फिनाले आयोजना हुने मिस नेपालको धरान अडिसनमा हिडेन ट्रेजरर्को निर्देशक अजय स्थापित , मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक रहेका थिए ।

त्यस्तै अडिसन अघि मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ , मिस पुर्वान्चल २०१६ फर्स्ट रनरअप इक्सा मादेनले धरानको युएन कलेज , र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पिनमा सहभागी भएका थिए ।कलेजका बिद्यार्थीहरुलाई मिस नेपाल को बारेमा जानकारी दिदै बिभिन्न मनोरन्जनात्मक प्रतियोगिता ,सेल्फी प्रतियोगिता संचालन गरिएको थियो ।

IMG_1038 IMG-1005 IMG-0996 IMG-0997 IMG_1041

IMG-1002


Copyright © 2017 - Madheshspecial.com All rights reserved