स्वास्थ्यकर्मी राम बिलास ठाकुरलाई भव्य सम्मान

  • प्रकाशित मितिः माघ २६, २०७४
  • 121 पटक पढिएको
  • रोयाण्टर मण्डल

रोयाण्टर मण्डल
सिरहा / स्वास्थ्य चौकी बरियारपट्टीका इन्चार्ज राम बिलास ठाकुरलाई एक कार्यक्रमगरी भव्य सम्मानका साथ बिदाई गरेको छ । बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयबासी, गाउँका बुद्धिजिवी, स्वास्थ्यकर्मी , राजनैतिक दल लगायकतका उपस्थितीमा ठाकुरलाई कदर पत्रको साथ बिदाई गर्नुभएको छ ।
२०५२ साल देखि साविक बरियारपट्टी गाविसको स्वास्थ्य चौकी ( हाल बरियारपट्टी गाउँपालिका ) मा सेवा दिदै उहाँले स्थानीय जनताको मात्रै होईन छिमेकी देश भारत लदनियाँ सम्मका सेवाग्राहीलाई पनि मन जितन सफल हुनु भएको थियो । स्वास्थ्यर्की ठाकुरसगँ उपचार गराउन सो क्षेत्रका सेवाग्राहीहरु मात्रै होइन छिमेकी देश भारत लदनियाँ सम्मका बिरामीहरु दिन्हु हेल्थ पोष्टमा उपचार गराउन आउने गर्ने गरेको थियो ।
बरियारट्टी स्थित स्वास्थ्य चौकीलाई यो स्थानमा पूर्याउन उहाँको ठूलो देन रहेको छ । पहिले स्वास्थ्य चौकी भवनको पनि कमी थियो । औजारहरुको कुरा नै नगर्नु तर उहाँ आएपछि भवन लगायत सम्पुर्ण औजार उहाँकै प्रयासले आएकोछ । उहाँले बरियारपट्टीमा जनताको सेवा बाहेक ब्यक्तिगत कार्य केही गर्नु भएन । उहाँसगँ उपचार गराउन छिमेकी देश भारत सम्मका बिरामीहरु आउथ्यो । उहाँका उपचार र औषधि चयनमा एमडी गरेकाहरु पनि फेल थियो । उहाँले उपचार कहिले बेकाम नभएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले बताउनुभयो ।
स्वास्थ्य चौकी बरियारपट्टीका जनस्वास्थ्य अधिकृत राम बिलास ठाकुर बिहिवार उमेर हदका कारण बिहीवार अबकाश हुनुभएको छ । उहाँ बि.स. २०३५ सालमा जनस्वास्थ्य अधिकृत पाचौँ तह पदबाट सरकारी सेवामा प्रवेश गर्नुभएका थियो । २०३५ सालमा पहिलो दरबन्दी पान्थर , त्यसपछि क्रमश सुखीपुर, ओखरढुङ्गा , पुन सुखीपुर , उदयपुर र २०५२ साल देखि हाल सम्म स्वास्थ्य चौकी बरियारपट्टीमा सेवागरी अबकाश पाउनुभयो ।
जनस्वास्थ्य अधिकृत पाचौँ तह पदबाट सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ जनस्वास्थ्य अधिकृत छठौँ तह पद रही अबकाश प्राप्त गर्नुभएका स्वास्थ्यकर्मी राम बिलास ठाकुर आफनै मातृभुमी सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थितको घरबाट नियमित जनतको सेवामा कार्य गर्ने र महिनाको २ पटक निः शुल्क रुपमा स्वास्थ्य चौकी बरियारट्टीमै पुगेर उपचार गर्ने स्वास्थ्यकर्मी राम बिलास ठाकुरले बताउनुभयो । ( यो समाचार मधेश स्पेशल साप्ताहिक पत्रिकाबाट सभार गरिएको छ )


Copyright © 2017 - Madheshspecial.com All rights reserved