इटहरीमा खोला मिचिएका संरचना भत्काउने तयारी:उपमहानगरपालिकाले डोजर लगाउदै

  • प्रकाशित मितिः माघ २४, २०७४
  • 30 पटक पढिएको
  • मधेश स्पेशल

माघ २४, २०७४ / इटहरी: इटहरीमा रहेका पैनी तथा खोलाको सिमा इछहर िउपमहाननगरपालिकाले छुट्याउन थालिएको छ । मंगलबार देखि इटहरीको खेतीखोलाको पश्चिमभागबाट खोलाको भाग छुट्याउन शुरु गरेको छ । इटहरी उमपहानगरपालिका अमिनले बुधबार करिव तीन सय मिटर एकतर्फी लम्वाईको खोलाको भाग छुट्याएका छन् । यो क्रम निरन्तर रहने इटहरी उप–महानगरपािलकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

चिन्ह लगाएको भागसम्म आवश्यक्ता अनुसार खोलाको भाग ‘क्लियर’ गरिन्छ’ मेयर चौधरीले भने ‘त्यसको लागि हामीले सूचना गरिसकेका छौं ।’ खेती खोलाको नापी पछि पछि फागुन ४ गतेदेखि डोजर प्रयोग गरी खोला सफाई गरिने उनले बताए । मंगलबार नापी गरिएको आधारमा प्रायः स्थानमा खोला मिचिएको पाइएको छ । ‘आधा दर्जन भन्दा बढी घर र अन्य कच्ची संरचना खोलाको भागमा निर्माण भएको पाइएको छ’ खोला नापीमा खटिएका अमिन दयाराम गौतमले भने ‘हामीले नक्सा अनुसार खोलाको भागमा संकेत गरेका छौं ।’ नेपाली सेनाको पूर्वी पृतना मुख्यालयदेखि दक्षिण पश्चिम तर्फको भागका मंगलबार नापी गरिएको हो । खोलाको पूर्व तर्फको भागमा नापी गर्दा खोलाको भाग कति मिचिएको छ भन्ने एकिन हुने नापीमा संलग्न प्राविधिकले बताएका छन् ।

प्राविधिकका अनुसार नापी गरिएको स्थानमा २० फूट देखि एक सय फूट सम्म खोलाको भाग देखिएको छ । इटहरी उपमहानरपालिकाका मेयर चौधरीले खोलाको भाग छुट्याइएको स्थानमा आवश्यक्ता अनुसार पानीको वहाव नछेक्ने गरी खोला सफाई गरिने बताए । २०५३ सालमा नगरपालिका बनेको इटहरी दुई दशक नपुग्दै उप–महानगरपालिका बन्यो । पहाडबाट बसाई सराई गरेर आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै वस्ती अहिले पनि यो क्रम रोकिएको छैन । वस्ती बस्ने क्रममा खोला तथा पैनीको भाग खतिक्रमण भएको कारण वर्षाद्मा इटहरीमा डुवानको समस्या हुँदै आएका छ । खोला पैनीको भाग अतिक्रमण भएको भए पनि कहाँ कति भाग मिचिएको छ भन्ने कुनै तथ्याङ्क छैन ।

जन प्रतिनिधी नहुँदै इटहरी उपमहानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत महेशराज तिम्सनाको पालामा इटहरीमा भएका सरकारी जग्गा खोजी गर्न कर्मचारीबाटै समिति बनेको थियो । सो समितिले इटहरीमा एक हजार विगाहा भन्दा बढी ऐलानी जग्गा भएको उपमहानगरपालकालाई प्रतिवेदन बुझायो । सो जग्गा मध्ये नगरपालिकाले उपभोग गर्न सक्ने र खाली अवस्थामा रहेको जग्गा ३० प्रतिशतको हाराहारीमा रहेको तत्कालिन समितिका सदस्य सचिव गायत्री लम्साल बताउँछन् । इटहरी उप–महानगरपालिकाका इन्जिनियर विकाश भट्टराईको संयोजकत्वमा खरिदार गायत्री लम्साल र अमिन कर्णबहादुर घिमिरेको टोलीले एक महिना लगाएर तयार सो प्रतिवेदन तयार गरेको थियो । २०२२ तिरको नापी अनुसार फिल्डबुकमा देखिएका यी जग्गा कति अतिक्रमण वा के प्रयोजनको लागि प्रयोग भइरहेका छन् भन्ने नगरपालिकासँगै तथ्याङ्क छैन । तत्कालिन समितिको प्रतिवेदनका आधारमा इटहरी साविक १ मा १९ विगाहा ११ कठ्ठा साडे १३ धुर, इटहरी २ मा २४ विगाहा १६ कठ्ठा १७ धुर, इटहरी ३ मा ५७ विगाहा ५ कठ्ठा चार धुर, इटहरी ४ मा ६७ विगाहा ६ कठ्ठा १६ धुर, इटहरी ५ मा ४७ विगाहा ४ कठठा १० धुर र साविक इटहरी ६ मा १३ विगाहा ६ कठ्ठा चार धुर जग्गा फिल्डबुकमा ऐलानी, कुलो, बाटो, पर्ति, खोला, झाडी, ढाँडर, भट्टा, पोखरी, गौचरन र इनारका नाममा भेटिएको थियो । यसै गरी इटहरी साविक ७ मा २ कठ्ठा १२ धुर, इटहरी साविक ८ मा १४ कठ्ठा ३ धुर जग्गा फेला परेको छ । साविक इटहरी ९ को भने श्रेस्ता नभेटिएको भन्दै समितिले जग्गा यकिन गर्न सकेका थिएन । यसै
गरी साविक खनार गाविसमा ३ सय २६ गिवगाहा १९ कठ्ठा ११ धुर, साविक एकम्वामा १ सय ७३ विगाहा, १६ कठ्ठा ११ धुुर, साविक पकली गाविसमा १ सय २२ विगाहा १५ कठ्ठा ५ धुर र साविक हाँसपोसा गाविसमा १ सय ४१ विगाहा १५ कठ्ठा १५ धुर ऐलानी जग्गा रहेको पाइएको थियो ।

पूर्वको केन्द्र र दैनिक १२ हजार सवारी साधानको चाप रहने इटहरीमा सुविधासम्पन्न अस्पतालको खाँचो छ । यहाँ प्रहरी कार्यालयलाई जग्गा खोजीगरिएको पाँच वर्ष भन्दा बढी भइसकेको छ । झण्डै डेढ लाख जनसङ्ख्या भएको इटहरीले ढल तथा फोहोर व्यवस्थापन पनि चुनौति बन्दै गएको छ । पहिलाका पैनी मिचिएका कारण वर्षेनी इटहरी डुवान पर्दै आएको छ । शेराहा खोलाको समस्या इटहरीको ठूलो समस्या हुँदै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved