धुर्मुस सुन्तलीले रौतहटमा गरे चौथे बस्ती हस्तान्तरण ,सरकारलाई यस्तो चुनौती

  • प्रकाशित मितिः माघ २३, २०७४
  • 51 पटक पढिएको
  • शैलेन्द्र क्रान्ति

माघ २२, २०७४ / रौतहट: धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित निर्माण गरेको एकीकृत नमुना सन्तपुर वस्ती हस्तान्तरण गरेको छ । एक समाराह बिच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट फाउण्डेशनले हस्तान्तरण गरेको हो । ४७ बाढीपीडित घरपरिवारका लागि फाउण्डेशनले नमुना बस्ती १ सय १४ दिनमै निर्माण गरि तोकेको मितिभन्दा एक दिन अगाबै हस्तान्तरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष तथा हास्यकलाकार सीतारमक कट्टेल धुर्मुस , उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले बस्तीका साँचो राष्ट्रपतिलाई जिम्मा लगाउनुभएको थियो । र राष्ट्रपतिले उक्त साँचो वस्तीका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गर्नुभयो ।

पाँच करोड ९४ लाख ८७ हजारको लागतमा निर्माण गरिएको उक्त बस्तीका लागि अझै फाउण्डेशनलाई ७० लाख अपुग रहेको फाउण्डेशनका व्यवस्थापक अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो । आर्थिक अभावका बिचपनि पनि तोकेको मितिभन्दा एक दिन अगाबै वस्ती हस्तान्तरण गरिएको छ । ‘ हामीले त जसोतसो सहयोग संकलन गरेर चार वटा बस्ती बनायौं,’ कार्यक्रम समारोहमा बोल्दै धुर्मुसले भन्नुभयो,‘ म राष्ट्र्रपतिलाई साक्षी राखेर भन्छु, नमुना नेपाल त धुर्मुस सुन्तलीले सतप्रतिसत निर्माण गर्छ । साँच्चिकै समृद्ध नेपाल नेपाल सरकारले बनाएर देखाओस् ’

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले हास्य कलाकार विकृति विसंगतिमाथि व्यंग्य मात्र नगरेर सहि समाधानको उपाय पनि अपनाएर राष्ट्रलाई दिशनिर्देश गरेको बताउनुभयो । ‘ धुर्मुस सुन्तलीले समाज परिवर्तणको अभियान थालेका छन् , यो सबैको लागि प्रेरणदायी उदाहरण हो,’ भन्दै उहाँले भन्नुभयो‘ धुर्मुस सुन्तलीबाट जनप्रतिनिधिले सिकोस् , जनतप्रतिनिधिले जनतालाई दिइएको वाचा वाचा पुरा गरुन् ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ट हास्यकलाकार मदन कृष्ण श्रेष्ट र हरिवंश आचार्यले समाजिक कामले नै मान्छेलाई मृत्यु पश्चात पनि जीवन्त राख्ने बताउनुभयो । कलाकारद्धयले भन्नुभयो‘ धुर्मुस सुन्तली जस्ता देशलाई समृद्ध बनाउन धेरै धुर्मुस सुन्तली जन्मिनु पर्छ ’
समारोहमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थ पनि उपस्थित हुनुहून्थ्यो । यस्तै सो कार्यक्रममा पार्टीका सांसद , नेता , नेपाली टेलि तथा चलचित्र क्षेत्रका चर्चित कलाकार , जनप्रतिनिधि ,पत्रकार, विद्यार्थी लगायत हजारौ सर्वसाधारणहरुको उपस्थित रहेको थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved