यसरी सुरु भयो २० औं बुढासुब्बा रेडबुल गोल्डकप, संकटा सेमीफाइनलमा (गोल गरेको भिडियो / फोटो फिचरसहित)

  • प्रकाशित मितिः माघ २१, २०७४
  • 58 पटक पढिएको
  • मधेश स्पेशल

माघ २१, २०७४ / धरानः मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब धरानमा शनिबारदेखि शुरु भएको २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार भएको उद्घाटन खेलमा मनाङलाई १–० गोलअन्तरले हराउदै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । दोस्रो हाफको ३५ औं मिनेटमा संकटाका अर्नेष्ट टम्पले गरेको एक मात्र गोल निर्णायक बन्यो । हेमन्त थापा मगरको फ्रि किक पासमा टम्पले गोल गरेका थिए । उनी म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १० हजार हात पारे ।

जित हासिल गरेपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले मनाङजस्तो वलियो टिमलाई पराजित गरेपछि मनोवल उच्च भएको र आगामी खेल झनै राम्रो हुने बताए । उनले भने,‘हाम्रो टिमसेट भइसकेको छैन, अर्को खेल धेरै राम्रो हुन्छ ।’ मनाङका प्रशिक्षक छिरिङ लोप्सनले आयोजकले नियमविपरीत ४० मिनेट मात्र खेलाउनु साथै आफ्नो खेलाडीहरुले पाएको अवसर पनि खेर फालेकोले हार भएको बताए । ‘खेलाडीले मौका पनि खेर फाले, त्यो भन्दा पनि अन्याय चै ४० मिनेट मात्र खेल भएकोले हामीलाई भयो । नियमविपरीत खेलाउनु राम्रो भए,’उनले भने ।

बुढासुब्बाको २० औं सँस्करणको उद्घाटन अवसरमा २० वटा प्याराग्लाइडिङ रंगशालामा अवतरण गराइएको थियो भने खेलाडी, विद्यार्थीहरुको मार्चपास गरिएको थियो । टिकट काटेर खेल हेर्न जाने दर्शकलाई स्पेशटाइम नेटवकमार्फत एउटा सेटअप बक्स र दर्शकहरुमध्येमा एक जनालाई गोलाप्रथाद्धारा मोवाइल सेट पनि दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा आइतबार आयोजक धरान फुुटबल क्लब र भारत, कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछ ।

2 2

aIMG_7297

aIMG_7294

aIMG_7287-1

aIMG_7342

aIMG_7360

aIMG_7363

aIMG_7368

1

 

 


Copyright © 2017 - Madheshspecial.com All rights reserved