भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

  • प्रकाशित मितिः माघ १७, २०७४
  • 89 पटक पढिएको
  • मधेश स्पेशल

माघ १७, २०७४ / काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउँदै छिन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved