मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता

  • प्रकाशित मितिः माघ १७, २०७४
  • 33 पटक पढिएको
  • मधेश स्पेशल

माघ १७, २०७४ / बिराटचौक: मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन हुँदै खेल सुरुभएको छ । सुन्दरहरैचा १नम्बर वार्डको आयोजनामा हरैचा बजारको मैदानमा मंगलबार सहिद दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेयर शिबप्रसाद ढकालले उदघाटन गर्दै खेल सुरुभएको हो ।

खेलको पहिलो दिनमा १ नम्बर वार्डको टिमले वार्ड नम्बर २ लाइ सुन्यको विरुद्ध ३ गोलले बिजयी भएको छ । खेलमा पहिलो गोल १नम्बरका खेलाडीहरु सन्तोस चौधरी, प्रबिन खवास र मध्यान्तर पछि अन्जेस राइले गोल गरेका थिए । मध्याह्नपछि २ नम्बर वार्डले प्लान्टी किक हान्न हान्ने अवस्वर पाएको थियो तर १ नम्बरका गोलरक्षक सोबिस चौहान विफल गरेपछि उनलाइ म्यान अफ द म्याच घोषणा गरेको थियो ।

आज बाट उदघाटनभइ सुरुभएको खेलमा सुन्दरहरैचाको १२ वोटा वार्डबाट टिम सहभागी हुने र माघ २७ गते फाइनल हुने आयोजक वार्डको अध्यक्ष बिनोदबस्नेत ले बताए ।

2 3

3 2


Copyright © 2017 - Madheshspecial.com All rights reserved