प्रदेश २ का प्रमुखद्वारा पहिलो प्रदेशसभा बैठकस्थलको निरीक्षण

  • प्रकाशित मितिः माघ १४, २०७४
  • 47 पटक पढिएको
  • मधेश स्पेशल

माघ १४, २०७४ / जनकपुरधाम: प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अगामी माघ २१ गते हुने प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक बस्ने सभाहलको निरीक्षण गर्नुभएको छ । जनकपुर उपमहानगरपालिका १२ स्थित रहेको शैक्षिक तालिम केन्द्रको भवनको उहाँले आईतवार निरीक्षण गर्नुभएको छ ।

निरीक्षणकोक्रममा प्रदेश प्रमुख कायस्थले माघ २१ गते हुने पहिलो बैठक एवं अधिवेशनको लागि तयारीको काम युद्ध स्तरमा भइरहेको बताउनुभयो । सोमबार सांसद सचिवालयबाट टोली आउने जानकारी गराउँदै उहाँले टोलीसंग छलफल गरि पहिलो बैठकको एजेण्डा र अधिवेशनलाई कसरी ऐतिहासिक बनाउने त्यस विषयमा निर्णय लिने बताउनुभयो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved