​अम्बाका अनेक फाईदाहरु

  • प्रकाशित मितिः माघ १४, २०७४
  • 36 पटक पढिएको
  • मधेश स्पेशल

माघ १४, २०७४ / धरान: दिनको एउटा अम्बा खानाले हाम्रो शरीरलाई फाइदा पुग्छ । अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । यसले शरीरको तौल घटाउन समेत मद्दत गर्छ ।

अम्बाका फाईदाहरु :
– अम्बामा प्रोटीन र फाइबर हुनाले मेटाबोलिजममा सुधार ल्याउँछ ।
– यसले कोलेस्ट्रोल स्तरलाई नियन्त्रणमा राखेर मुटुरोग लाग्नबाट बचाउँछ ।
– अम्बामा भएको भिटामिन सी र आइरनले कमजोरी हटाएर तागत दिन्छ ।
– यसमा भएको भिटामिन बी ६ ले दिमागको शक्ति बढाउँछ र स्मरणशक्ति पनि बढाउँछ ।

अम्बा मात्र नभएर अम्बाको पातले समेत हाम्रो शरीरलाई फाईदा पुर्याउँछ ।

अम्बाका पातको फाईदा :
– अम्बाको पातमा एन्टीब्याक्टेरियल प्रपर्टी हुनाले डण्डीफोरजस्ता छालाका समस्या समाधान गर्छ ।
– पातमा एन्टीइन्फ्लेमेटरी प्रपर्टी पनि पाइने हुनाले जोर्नी दुखेको वा वाथ लागेको मानिसले पात चबाउँदा फाइदा पुग्छ ।
– दाँत दुखेको वा पाइरिया भएको अवस्थामा पनि अम्बाको पात चबाउनु उचित हुन्छ ।
– यसमा भएको फाइटोन्युट्रिन्ट्सले क्यान्सरबाट समेत बचाउँछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved