​अनौठो बाच्छी

  • प्रकाशित मितिः माघ १४, २०७४
  • 40 पटक पढिएको
  • मधेश स्पेशल

माघ १४, २०७४ / धरान: धरान १४ हात्तिसारमा दुईवटा टाउँको र दुईवटा मुख भएको बाच्छी जन्मिएको छ ।

इन्द्रबहादुर कटुवालको घरमा पालेको गाईले शनिबार यस्तो बाच्छी जन्माएको हो । अनौठो बाच्छी हेर्न मानिसहरुको भिड लाग्न थालेको छ । बाच्छी सामान्य नै रहेको इन्द्रबहादुरको छोरा जीवन कटुवालले बताएका छन् । बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा छन् तर नियालेर हेर्दा ४ वटा आँखो देखिने कटुवालले बताए । उनका अनुसार १५– २० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो भएको बताए । उनले अहिले बाच्छीलाई दुधदानीबाट दुध खुवाई रहेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved