मनाङलाई हराउँदै उपाधिमा थ्रीस्टारको कब्जा

  • प्रकाशित मितिः माघ १३, २०७४
  • 14 पटक पढिएको
  • मधेश स्पेशल

माघ १३, २०७४ / ईटहरी: नेपालकै सर्बा्धिक पुरुस्कार राशि भएको प्रथम मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाईनल खेलमा बलियो प्रतिष्पर्धी मनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै थ्रीस्टार क्लब विजेता बनेको छ ।

ईटहरी रंगशालामा भएको फाईनल खेलमा थ्रीस्टारले मनाङमाथि १–० गोल अन्तरको जित निकालेको हो । खेलमा थ्रीस्टारकालागि ३७ औं मिनेटमा बुद्ध चेम्जोङले विमल घर्तीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ,जुन गोल नै उपाधिका लागि निर्णायक बनेको थियो ।

जितसँगै विजेता थ्रीस्टार क्लबले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दी क्लबले नगद ६ लाख पुरस्कार पाएको छ । थ्रीस्टार त्रिभुवन आर्मीलाई र मनाङ गरिफा स्पोर्टिङ क्लब कोलकातालाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved