फेरि प्रहरीको इन्काउन्टर : ‘टीके डाका’को मृत्यु

  • प्रकाशित मितिः माघ १३, २०७४
  • 49 पटक पढिएको
  • मधेश स्पेशल

माघ, १३, २०७४ / काठमाडौँ: काठमाडौमा भएका शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर शनिवार प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगरको चितवनको रामनगरमा प्रहरीको गोलीबाट मृत्यु भएको हो । अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीसँग दोहोरो मुठभेडमा टीका थापामगरको मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved