धरानमा खाद्य मेला, ठेट्ना मकैदेखी घुंगी र पेडा सम्म

  • प्रकाशित मितिः माघ १३, २०७४
  • 67 पटक पढिएको
  • मधेश स्पेशल

माघ १२, २०७४ / धरानः दैनिक उपभोग्य खाद्य वस्तुमा मिसावट, तरकारी, फलफुल लगायतको कृषि उत्पादनमा अत्याधिक विषदी र रसायनको प्रयोगप्रति पछिल्लो समय उपभोक्ता जागरुक हुन थालेका छन् । त्यसैले बजारमा अग्र्यानिक चिया देखी तरकारीको माग बढेको छ । तथापी बढ्दो फास्टफुड संस्कृतिले सर्वसाधारण उपभोक्तामा स्वास्थ्यकर तथा पौष्टिक खाद्य चेतनास्तर भने बढेको पाइन्न । परम्परागत एवं स्थानिय खाद्य परिकारमा मोहभंग भएका सर्वसाधारण उपभोक्ता लाई प्रशोधित एवं नेपालमै उत्पादित स्थानिय परम्परागत खाद्यबारे संचेतना बढाउन आयोजित खाद्य मेला शुक्रवार देखी धरानमाम शुरु भएको छ ।

पब्लिक हाईस्कुलको मैदानमा मेला शुरु भएसंगै एक स्टलमा दुई जना थारु महिला थारु समुदायमा प्रचलित परिकारहरु विक्रीका लागि धमाधम तैयार गरिरहेका थिए । अवलोकनकर्ता सबैको ध्यान स्टलमा पकाएर तयार राखिएका घुङगीमा परेको खेखिन्थ्यो र उनिहरु जिज्ञसा पूर्वक घुङगीका बारेमा सोधिरहेको देखिए । देख्दा चिप्ले किराको एक प्रजातिको रुपमा देखिने घुङगी तराईमा प्रायः पौष्टिक परिकारको रुपमा लिइन्छ । पहाडि क्षेत्रमा स्वादिष्ट र पौष्टिक रुपमा लिइने पाहा लाई भ्यागुताको प्रजाति लागे झैं । विदेशी शैलीमा प्याकेट बन्द फास्ष्ट फुडमा अभ्यस्त मैसकेका पहाडका सर्वसाधारण लाई तराईको र तराईका सर्वसाधरण लाई पहाडी क्षेत्रका परम्परागत स्थानिय खाद्य संचेतना नहुँदा त्यसको उपभोगबाट हुने पौष्टिकताबाट बञ्चित हुने अवस्था अहिले पनि विद्यमान छ । सर्वसाधारणमा खाद्य चेतना बढाउन खाद्य मेलाको औचित्य यस्ले पनि पुष्टि गरेको बुभिन्छ ।

मेलामा साँगुरीगढी गाउँपालिका (धनकुटा)को नाम्जे÷थुम्की सामुदायीक होमस्टेको स्टलले नयाँ पर्यटकिय गन्तव्यमा होमस्टेको सुविधाको प्रचार संगै पहाडि क्षेत्रमा स्वादिष्ट मानिने खाद्य वस्तुको पनि प्रचार गरिरहेको थियो । स्टलमा भुटेको ठेटना मकै रु ५० लेखिएको प्याकेटमा राखिएका थिए । दुधमा कन्फ्लेक्स भिजाएर खाने धेरैले फुल उठको भुटेको मकै एकै हो भन्ने थाहा भएतापनि ठेटना मकै अडिलो खान्की हो भन्ने कमैले बुझेका छन् । मकै संगै गुन्द्रुक, सिन्की र भुई स्याउ राखिएका थिए । उमेरले पाका देखीन स्टलका सहजकर्ता जगतबहादुर मगरले भने ‘होम स्टेमा आउनेहरुले खान रुचाउने चिजहरु हुन् । उनका अनुसार पर्यटकहरु भुटेको ठेट्ना मकैको खाजामा गुन्द्रुकको अचार औधी मन पराउँछन् । खानामा मकैको चामलको भात र सिन्कीको झोल लोकप्रिय खान्की हो । उक्त होम स्टेमा एक रात बसेको खाना सहित ४ सय ५० रुपया मात्र लाग्ने उनले बताए ।

तराई÷मधेशको खान्की र परिकार संगै मेलामा बरमझियाको पेडा बिक्रीका स्टल समेत राखिएका छन । संघीय राजधानी काठमाण्डौ ओहोर दोहोर गर्दा बरमझियामा कुन चैं असली बुढोको पेडा पसल हो भनि अल्मलिनु पर्ने अवस्था भने मेलामा आउँदैन । यहाँ पेडाका दुई स्टल मात्र छन् । बरमझियामा जस्तो लहरै पेडा पसल राख्न पनि मेलमा मिल्दैन नै । किनकी मेला लाई मेलामा मात्र सिमित नबनाई यसलाई स्वास्थ्य संचेतना तथा शिक्षामुलक बनाउने रणनीति अपनाईको छ । सर्वसाधारणलाई खाद्य पदार्थको उत्पादन, प्रशोधन प्रवद्र्धन तथा पौष्टिक महत्वका उपयोगीताका बारेमा बजारमा पाइने बिभिन्न प्याकेजीङका बस्तुले पार्ने असरका बारेमा समेत जानकारी प्रदान गरिने स्टलहरु छन् । खाद्य व्यवसायी, खाद्य उद्योयका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाका स्टलहरु समेत रहेका छन् ।

मेला क्षेत्रिय खाद्य प्रविधि तथा गुणस्तर नियन्यण कार्यालय, विराटनगरले आयोजना गरेको हो । मेला माघ १४ गते आइतवार सम्म चल्ने छ । मेलाका ५० भन्दा बढी स्टहरुमा अग्र्यानिक उत्पादनहरु बिक्रीका लागि रहेका छन् । साथै खाद्य प्रविधिका अनुसन्धान मुलक कार्यहरुका विभिन्न खाद्य प्रविधि क्याम्पसहरुले जानकारी मुलक स्टलहरु राखेका छन् । आयोजक अनुसार देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारहरुको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनहरु बारेमा आवश्यक अध्ययन अनुसन्धान गरिनुपर्ने जिम्मेवारी यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोके अनुसार यस विभाग र अन्तर्गतका निकायबाट देशका विभिन्न स्थानमा प्रचलनमा रहेका परम्परागत प्रविधिहरु साथै अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुको अध्ययन अनुसन्धान भई तिनमा पाईने पौष्टिक तत्वहरु, प्रचलित वा उपयुक्त प्रशोधन प्रविधि एवम् उन्नत उपभोग विधिहरुको विकास भएको छ । पोषिला खाद्य पदार्थहरुको प्रचारप्रसार गरी आम जनताको खानेबानीमा सुधार गर्न प्रचारप्रसारमूलक कार्यक्रम आवश्यक छ । साथै विभिन्न संस्कार मा रहेका र अन्य सरकारी तथा गैर सरकारी निकाय, शिक्षण संस्था, खाद्य उद्योग, होमस्टे, होटल लगायतमा उत्पादन हुने तर आम प्रचलनमा नआएका पोषिला एवम् स्वास्थ्यबद्र्धक खाद्य पदार्थको प्रवद्र्धन गर्न खाद्य मेला आयोजना गरिएको हो ।

परम्परागत नेपाली प्रविधि प्रवद्र्धन गर्न तथा उपयुक्त प्रविधि मार्फत् उत्पादित खाद्यवस्तुहरु उपभोक्ता व्यवसायी, उद्यमी एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचानका लागि तथा सरकारी एवम् गैरसरकारी निकाय संघसंस्था नीति निर्माताहरु लगायत नागरिक समाजलाई सुसूचित गराउन एवम् पोषिला खाद्य पदार्थहरुको प्रवद्र्धन गर्न आवश्यक देखिएको छ । स्थानीय उत्पादमा आधारित पौष्टिक परिकार प्रवद्र्धन गरी आम नेपालीको खानेवानीमा सुधार गरी खानबाट हुने स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरुबाट जोगिन समेत सहयोग पुग्ने अपेक्षाका साथ विभिन्न निजी तथा गैरसरकारी संस्थाहरुसँगको साझेदारी एवम् सहकार्यमा मेला आयोजना गरिएको बताइएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved