​राजेन्द्र महतो जितेको क्षेत्रमा फेरि चुनाव गर्न माग गर्दै सर्वोच्चमा रिट, कारण देखाउ आदेश

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 1854 पटक पढिएको
  • शैलेन्द्र महतो

शनिबार ०८, पुष २०७४, धनुषा: राजपाका नेता राजेन्द्र महतो चुनाव जितेको धनुषा निर्वाचन क्षेत्र नं. ३ मा वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । राजेन्द्र महतोलाई विपक्षी बनाई बिना विभागीय राज्यमन्त्री समेत रहनु भएका यादवले चुनाव बदरको माग गर्दै गएको मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि शुक्रबार भएको सुनुवाईमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीशहरु दीपक राज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशमशेर जबरा, दीकककुमार कार्कीको संवैधानिक ईजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले पुस १४ गते दुवै पक्षलाई छलफलको बोलाएको छ । यादवको रिटमा वरिष्ट आधिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती, रामनारायण यादव, अमरनाथ सिंह, आधिवक्त सुनिल खरेल, पंकजलाल कर्ण लगयातले बसह गर्नुभएको थियो ।

माओवादी केन्द्र, एमाले र आफू विरुद्ध प्रचारबाजी गराएर राजेन्द्र महतोले चरित्र हत्या गराएको यादवको आरोप छ । महतोले मौन अवधिमा अनर्गल प्रचारबाजी गराएर अचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै यादवले फेरि चुनाव गराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता समेत गराएको बताउनुभयो ।

यादवले जनता मिडिया, मधेस डटकममा समेत मौनअवधिमा राजेन्द्र महतोको पक्षमा प्रचार गरेको आरोप लगाउँदै कारवाहीको मग गर्नुभएको छ । गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा धनुषा क्षेत्र नं. ३ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि चुनाव लड्नु भएका नेकपा माओवादी केन्द्रका यादवको जमानत समेत जफत भएको थियो ।

उहाँले २ हजार ३ सय ४६ मत मात्र प्राप्त गर्नुभयो । राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो ३० हजार ७ सय ५० मत ल्याएर विजयी हुनुभएको थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved