स्टालिनमाथि बनेको चलचित्र ‘द डेथ अफ स्टालिन’माथि प्रतिबन्ध

  • प्रकाशित मितिः माघ १३, २०७४
  • 28 पटक पढिएको
  • मधेश स्पेशल

माघ १२, २०७४ / एजेन्सी: रुसका चर्चित नेता स्टालिनको संसारका कम्युनिष्टहरुले माक्र्स र लेनिनपछि स्टालिनको तस्वीर राख्ने गर्छन् । एकथरिले उनलाई तानाशाह भनेर आलोचना गर्छन भने कम्युनिष्टहरुबीच पनि स्टालिनलाई लिएर विवाद कायमै छ ।

तिनै स्टालिन फेरि चर्चामा छन उनीमाथि बनेको चलचित्रका कारण । अरमाण्डो इन्नुचीको चलचित्र हो ‘द डेथ अफ स्टालिन’ । यो ब्रिटिश कमेडी चलचित्र शुक्रबारका दिन रिलिज हुने बताइएको थियो । आगामी फेब्रुअरी ३ गतेसम्मका लागि चलचित्रको टिकट समेत बुक भइसकेका थिए । तर विवादका कारण चलचित्रमाथि प्रतिबन्ध लगाइएको छ ।

तर प्रतिबन्ध गरिएपनि पायोनियर सिनेमाले भने चलचित्र प्रदर्शन गर्ने निर्णय लिएको छ । चलचित्रमा आपत्तीजनक कुरा नभएको निर्माता पायोनियर सिनेमा कम्पनीको छ ।

रुसमा यतिखेर पुटिन सत्तामा छन् । कम्युनिष्ट शासन असीको दशकको अन्त्यसँगै अस्ताइसकेको छ । गैर कम्युनिष्टहरु सत्तामा आएको यति लामो समयपछि प्रहरीले प्रतिबन्ध लगाएपछि आम मानिसहरु क्रुद्ध बनेका छन् ।

बिबिसीमा प्रकाशित एक रिपोर्ट अनुसार, मास्को पायोनियर सिनेमाले प्रहरीले सिनेमामाथि प्रतिबन्ध लगाएका कारण टिकट किनेका ग्राहकहरुको पैसा फिर्ता गर्ने बताएको छ ।

किन लगाइयो प्रतिबन्ध ?
चलचित्रलाई लिएर ‘वैचारिक मतभेद’ र ‘अतिवाद’को गुनासो गरिएपछि प्रतिबन्ध लगाउनु परेको प्रहरीको तर्क छ ।
स्टिभ बुसमी र जेफ्री तम्बौरले अभिनय गरेको चलचित्रको भविष्य अन्यौलमा छ । रुसी संस्कृति मन्त्रीले चलचित्र रुसमा प्रदर्शन गर्न दिने या नदिने बारेमा भविष्यमा निर्णय गरिने जनाएका छन ।

चलचित्रमा मार्शल झुकोभको भूमिका जेसन इसाकको छ । अहिले भने चलचित्रको बिरोध गर्नेमा झुकोभकी २१ वर्षीय छोरी पनि छिन् । उनले संस्कृति मन्त्री भ्लादमिर मेडिन्स्कीलाई पत्र लेख्दै देशकोइतिहासलाई व्यंग्यात्मकरुपमा चित्रण गरेर रुसी नागरिकहरुलाई कलंकित गरेको बताएकी छिन् ।

आलोकहरुले चलचित्रमा तत्कालिन सोभियत संघको राष्ट्रिय गानलाई समेत गलतरुपमा प्रस्तुत गरिएको बताएका छन् । संस्कृति मन्त्रीका अनुसार, यो चलचित्रबाट स्टालिनका समर्थक मात्र नभएर बिरोधीहरु पनि अपमानित भएका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved