धनुषाधाम माविमा अनिश्चितकालीन तालाबन्दी

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 384 पटक पढिएको
  • मधेश स्पेशल

शनिबार ०८, पुष २०७४, जनकपुरधाम: धनुषाको धनुषाधाम नगरपालिकामा स्थापित समुदायिक विद्यालय धनुषाधाम माविमा तालाबन्दी गरिएको छ । माविको प्राविधिक फाँटमा तालाबन्दी गरिएको जनाइएको छ ।

माविको प्राविधिक तहमा पठनपाठन नियमित नभएको भन्दै अध्ययनरत विद्यार्थीहरुले शुक्रबार फाँटको कार्यलयमा तालाबन्दी गरेको हो । विद्यार्थीहरु पठनपाठनको लागि नियमित कक्षामा उपस्थित भएपनि त्यस विभागका शिक्षकहरु अनियमित भएको भन्दै आक्रोसित विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गरेको हो ।

यता, शिक्षकहरुले केही महिनादेखि आफूहरुको तलब भत्ताको भुक्तानी नदिएको भन्दै कक्षामा नियमित उपस्थित नहुने गरेको विद्यार्थीहरु बताउँछन् । अध्ययनको क्रममा गर्नुपर्ने प्राक्टीकलहरु समेत गराउँदै नगराएको भन्दै विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापकलाई बारम्बार आग्रह गर्दा हप्काएर भगाएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

यसका साथै, आफूहरुको कक्षा नियमित गर्ने प्रतिबद्धता नजनाएसम्म तालाबन्दी जारी राख्ने अडान विद्यार्थीहरुको रहेको छ । यता, विद्यालयका प्रधानाध्यापक जय कृष्ण यादवसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेनन ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई पीडित विद्यार्थीहरुले पठनपाठनको समस्या बारे निवेदन मार्फत ध्यानाकर्षण गराएको जनाइएको छ । मेयर मण्डलले आईतबार मात्रै विद्यालयमा बैठक राखी समस्याको समाधान गरिने आश्वासन दिए ।

 


Copyright © 2017 - Madheshspecial.com All rights reserved