५१ किलो गाँजासहित भराैलबाट श्रीमान श्रीमती पक्राउ

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 48 पटक पढिएको
  • मधेश स्पेशल

माघ १०, २०७४ / सुनसरी: सुनसरीको बराह-५ भरौलबाट प्रहरीले मंगलबार ५१ किलो २६० ग्राम गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ।

गोप्य सुचनका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजे ५० बर्षिय राम बहादुर राई र उनकै श्रींमती ५२ बर्षिया मतीश्वरी राईको घरबाट उक्त गाँजा बरामद गरेको हो।

प्रहरीले गाँजासहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved