जनकपुरमा सस्तोमा औषधि बेच्ने पसलमाथि औषधि व्यवसायीहरुको अवरोध

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 50 पटक पढिएको
  • दीपक कुर्ण

माघ १०, २०७४ / जनकपुरधाम: उपभोक्तालाई न्युनतम मुल्यमा औषधी उपलब्ध गराउदै आएको राम्स पब्लिक फार्मेसी प्रालीलाई एमआरपी भाउमा नबेचेको भन्दै जनकपुर अञ्चल औषधी व्यवसायी संघले अवरोध गर्ने प्रयास गरेको छ । जनकपुरको बाह्रविघा मैदानको उत्तरट्टी गरिब तथा विपन्न जनतालाई औषधीमा हुने आर्थिक दबाबलाई कम गर्ने उदेश्यले विगत ६ महिना देखि सञ्चालन हुँदै आएको छ ।

सेवा भावले कम फाइदा लिएर न्युनतम मुल्यमा औषधी वेचिरहेका राम्स प्वलीक फार्मेसीलाई अंचल औषधी व्यवसायी संघले दादागीरी गर्दै आफनो अधिनमा ल्याउने कोशिस गरिरहेको फार्मेसीका प्रमुख पवन सहनीले आरोप लगाएका छन । प्रमुख सहनीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै नाफामूलक नभई सेवाको उद्देश्यले न्युनतम मुल्यमा औषधी उपल्वध गराउदा औषधी व्यवसायका माफीयागिरी गरेकाहरुलाई अपाच्य भएको वताए ।

उनले अंचल औषधी व्यवासी संघले एक पत्र काटेर आफुलाई बोलाएको र एमआरपी मुल्यमा ने औषधी वेच्नुपर्नेै दवाव दिएको तथा आफुले नमानेपछी मनमौजी तरिकाले आफनो संस्थालाई संघबाट वरखास्त गरेको दुखेसो पोखे । प्रमुख सहनीले औषधीमा निर्भर भइरहने डाइविटिज,व्लडप्रेसर,अस्थमा,थाइराइड,हर्ट डिजीज,गर्भवती महिला र बालबालिकाहरुको औषधीमा हुदै आएको अत्यधिक खर्चको मानसिक प्रेसरलाई कम गर्ने उदेश्यका साथ न्युनतम मुल्यमा औषधी वेच्दा औषधी माफियाहरुको कोपको भागीदार वन्नु परेको वताए । उनले संघ संग लडने सक्ने आफुमा क्षमता नरहेकोले संचारकर्मीहरुले गरिवहरुलाई सेवा गर्नु पर्ने न्यायपरक अधिकारलाई दिलाई दिन आग्रह समेत गरेका छन ।

फार्मेसीले बेचिरहेको औषधी अरु पसल भन्दा पचास देखि सय रुपैया बढि सस्तो रहेको देखिएको छ । त्यस्तै फार्मेसीले बालरोग,स्त्री तथा प्रसुति रोग,कुष्ठ रोग,यौन रोग,डाइविटिज,मुटुरोग ,नाक कान,घाटिका विशेषज्ञ चिकित्सहहरु राखेर निशुल्क सेवा पनि प्रदान गर्दै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved